
डडेल्धुराको नवदुर्गा गाउँपालिकाले डडेल्धुरा अस्पताललाई १० लाख सहयाेग गरेको छ।
गाउँपालिकाले पिसिआर प्रयोगशाला सञ्चालान, संकट समाधान तथा जनशक्ति व्यवस्थापनका लागि मंगलबार अस्पताललाई १० लाखकाे चेक हस्तान्तरण गरेको हो।
सुदूरपश्चिम प्रदेशका पहाडी सात जिल्लाको केन्द्रमा रहेको डडेल्धुरा अस्पातालमा कोरोना प्रयोगशाला स्थापना भई पिसिआर परीक्षण भइरहेको छ।
कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको प्रयोगशालालाई अझ व्यवस्थित गर्न गाउँपालिकाले अस्पताललाई आर्थिक सहायता गरेको अध्यक्ष कवीन्द्र विष्टले बताए ।
यसअघि अमरगढी नगरपालिकाले २० लाख सहयोग गरेको डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले जानकारी दिए ।