१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
करण ताम्राकार डडेल्धुरा
२o८१ बैशाख ३१ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतीय सीमा क्षेत्र भागेश्वरको रुपालमा बोर्डर आउट पोस्ट स्थापना

Read Time : < 1 मिनेट
करण ताम्राकार, डडेल्धुरा
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:४१:oo

डडेल्धुराको  भारतसँग सिमाना जोडिएको भागेश्वर गाउँपालिकामा बोर्डर आउट पोस्ट स्थापना गरिएको छ । भागेश्वर गाउँपालिका– १ रुपालको सेल्टुणामा सोमबार सशस्त्र प्रहरी बलले बोर्डर आउट पोस्ट स्थापना गरेको हो ।

नेपाल–भारतको सिमानामा बोर्डर आउट पोस्टको संख्या बढाउने क्रममा भागेश्वर गाउँपालिकाको सेल्टुडामा बिओपी स्थापना गरिएको छ ।

यसअघि परशुराम नगरपालिकाको साँदनी बजार, परीगाउँ र अर्सुरानी गाउँमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट स्थापना गरिएको थियो ।

सेल्टुडामा बोर्डर आउट पोस्ट स्थापना भएसँगै नेपाल–भारत सीमामा हुन सक्ने चोरी–सिकारी, तस्करीका साथै आपराधिक घटनामा कमी हुने अपेक्षा लिइएको छ ।

बिओपी स्थापना भएसँगै सीमा सुरक्षा हुने भागेश्वर गाउँपालिकाकी अध्यक्ष कौशिला भट्टले बताइन् । 

सीमा सुरक्षाका साथै सीमामा हुन सक्ने आपराधिक घटना नियन्त्रण गर्नका लागि सहज हुने अध्यक्ष भट्टकाे भनाइ छ ।

नेपाल प्रहरीको रुपालस्थित चौकीको पहुँचबाट टाढा भएकाले सो क्षेत्रमा विगतका दिनहरूमा चोरी–सिकारी हुने गरेको स्थानीय बताउँछन् ।

सीमामा बोर्डर आउट पोस्टको संख्या बढाउने उद्देश्यले भागेश्वर गाउँपालिकाको भारतसँग सीमा जोडिएको क्षेत्रमा बोर्डर आउट पोस्ट स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ बैद्यनाथ बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक हरी शंकर बुढाथोकीले बताए । 

सीमा सुरक्षा, सीमा स्तम्भहरूको संरक्षण र सीमामा हुने आपराधिक गतिविधिहरू नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट स्थापना गरिएकोे उनले बताए ।

ad
ad