मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
Invalid date format १३:oo:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

प्याजको जोहो : दसैँ आउनै लाग्यो मूल्य अकासियो, प्याज खोज्दै खाद्य संस्थान पुगे उपभोक्ता (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:oo:oo

बजारमा प्याजको मूल्य एकाएक अकासिएपछि सुलभ मूल्यमा प्याज खोज्दै सर्वसाधारण खाद्य संस्थान पुगेका छन् । 

संस्थानको थापाथलीस्थित कार्यालयमा प्याज लिन पुग्नेहरूको भिड ह्वात्तै बढेको छ । अन्य सामान किन्न आउनेभन्दा प्याज लिन आउने उपभोक्ता नै बढी देखिन्छन् । 

खाद्यले प्रतिकिलो ६० रुपैयाँमा प्याज उपलब्ध गराएको छ । जब कि बाहिर बजारमा प्रतिकिलो एक सय २० रुपैयाँदेखि एक सय ५० रुपैयाँसम्म प्याज बिक्री भइरहेको छ ।

संस्थानमा एक व्यक्तिले बढीमा तीन किलो मात्र प्याज किन्न पाउने व्यवस्था गरिएको छ ।