१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस सिकागो
२०७७ असोज ९ शुक्रबार १५:२७:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

सामाजिक सञ्जालले प्रवाह गर्ने गलत सूचना र मास्कको प्रयोगबीच बलियो सम्बन्ध छ : अध्ययन

Read Time : > 1 मिनेट
रासस सिकागो
२०७७ असोज ९ शुक्रबार १५:२७:००

कोरोना भाइरसबारे भ्रम फैलाउन सामाजिक सञ्जालको महत्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । 

सामाजिक सञ्जालमार्फत सम्प्रेषण गरिएका कतिपय सूचना गलत हुने र त्यसैलाई विश्वास गर्नेहरूको संख्या धेरै भएकाले भ्रम फैलिएको हो ।

अमेरिकीहरूको व्यवहारका आधारमा गरिएको सर्वेक्षणले कोरोनाबारे गलत सूचना सम्प्रेषण हुनुमा सामाजिक सञ्जालको मुख्य भूमिका रहेको देखाएको छ । 

सर्वेक्षणमा अमेरिकाभरिका २१ हजारजना सहभागी भएका थिए । सर्वेक्षण यही अगस्ट ७ देखि २६ सम्म गरिएको थियो । 

सर्वेक्षणमा सहभागी भएकाहरूमध्ये झन्डै २८ प्रतिशत स्न्यापच्याटका प्रयोगकर्ताहरू, २३ प्रतिशत इन्स्टाग्राम र २५ प्रतिशत विकिपिडिया प्रयोगकर्ताहरूले ती सामाजिक सञ्जालमा आएका सूचनाहरूमा विश्वास गर्ने गरेको बताएका थिए।

अमेरिकाका नर्थवेस्टर्न, हार्वर्ड, नर्थइस्टर्न र रुटगर विश्वविद्यालयहरूको सञ्जालमार्फत सर्वेक्षण गरिएको जनाइएको छ।

उनीहरूका अनुसार आठ प्रतिशत उत्तरदाताहरूले फेसबुकको म्यासेन्जरबाट आफूहरूले सूचना पाउने गरेको जवाफ दिएका थिए ।

त्यसैगरी सर्वेक्षणमा सहभागी ह्वाट्सएपका ३१ प्रतिशत प्रयोगकर्तामध्ये चार प्रतिशतले त्यहाँ आएका सूचनालाई विश्वास गर्ने गरेको पाइएको छ । 

सर्वेक्षणमा सहभागीले सामाजिक सञ्जालहरूसँगै स्थानीय टेलिभिजन, समाचारमूलक अनलाइन, एप्स, सामुदायिक पत्रिकालगायतबाट पनि सूचना प्राप्त गर्ने गरेको बताएका थिए । 

सर्वेक्षणबाट प्राप्त विवरणहरूलाई नर्थवेस्ट युनिभर्सिटी (एनयू) को वेबसाइटमा बुधबारदेखि राखिएको छ । 

‘सर्वेक्षणले सामान्यतः कोरोनाविरुद्धमा भ्रम फैलाउनका लागि सामाजिक सञ्जालहरूले सहयोग गरेको देखाएको छ,’ एनयूको राजनीतिशास्त्रका प्राध्यापक जेम्स ड्रुकम्यानले भने । 

अध्ययनकर्ताका अनुसार तुलनात्मक रूपमा वृद्ध व्यक्तिभन्दा ४५ वर्षभन्दा कम उमेरका धेरै व्यक्तिले गलत सूचनालाई पनि विश्वास गरेको पाइएको छ । 

सर्वेक्षणले गलत सूचनाको प्रवाह र मास्कको प्रयोगबीच बलियो सम्बन्ध रहेको पनि देखाएको छ ।

गलत सूचनाको सिकार भएका ११ जनामध्ये आठजनाले मास्क प्रयोग गर्न रुचि नदेखाएको सर्वेक्षणका क्रममा भेटिएको छ ।