१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सेटिङमा साथ नदिएको भन्दै  बिपी प्रतिष्ठानका खरिद शाखा प्रमुखको सरुवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:४५:oo

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी आएको चार महिना नपुग्दै खरिद शाखा प्रमुख विष्णु चापागाईंलाई सरुवा गरेका छन् ।  कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका उपकुलपतिले अन्य पदाधिकारीसँग छलफल नै नगरी चापागाईंलाई मंगलबार सरुवाको पत्र थमाएका हुन् ।  

धरानका व्यापारी चेतन अग्रवालको अनुकूलतामा काम नगरेपछि एकाएक आफूलाई सरुवा गरिएको चापागाईंको आरोप छ  । सरुवा गरेर उनलाई शैक्षिक प्रशासनको परीक्षा ब्लगमा पठाइएको छ । 

उनको स्थानमा चेतन अग्रवालका निकट मानिएका सामान्य प्रशासन महाशाखाका प्रमुख अशोक साहलाई ल्याइएको छ भने साहको ठाउँमा शैक्षिक प्रशासनबाट डिल्ली लुइँटेललाई लगिएको छ । 

सामान्य त कर्मचारीहरूको सरुवा दुई–दुई वर्षमा रजिस्ट्रारको सिफारिसमा हुने प्रावधान छ । तर, प्रतिष्ठानको नियमावलीविपरीत व्यापारीको स्वार्थमा चापागाईंलाई उपकुलपतिले सरुवा गरेका छन् । 
 
यस विषयमा बुझ्न प्रतिष्ठानका उपकुलपति डा. गिरीलाई सम्पर्क गर्दा फोन उठाएनन् ।  कुनै जानकारीविना नै एक्कासि पत्र आउँदा आफू आश्चर्यमा परेको चापागाईंले बताए । कुनै जानकारीविना पत्र आउनु अस्वाभाविक भएको उनको भनाइ छ ।  ‘विधि र प्रक्रियाविना मलाई हटाइयो । कसैैलाई मृत्युदण्ड दिँदासमेत अन्तिममा सोधिन्छ, अपराधबारे प्रायश्चित गर्ने मौका दिइन्छ । तर, कुनै जानकारीविना आफूलाई पत्र थमाइयो,’ चापागाईंले फोन सम्पर्कमा भने । 
यस विषयमा आफू परामर्श गरेर अघि बढ्ने चापागाईंले बताए । 

प्रतिष्ठान स्राेतका अनुसार चापागाईंले खरिद प्रक्रियामा पाँच लाखभन्दा बढीको खरिद प्रक्रियामा  सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)मार्फत व्यवस्थित गर्ने काम गरेका थिए । पिपिएमओमार्फत गर्दा आफूअनुकूललाई टेन्डर लिन र दिन मिल्दैन । निष्पक्ष रूपमा टेन्डर प्रक्रिया हुने गर्छ ।

 चापागाईंको कार्यशैलीले बिपी प्रतिष्ठानबाट निरन्तर टेन्डर हात पार्दै आएका व्यापारीले नपाउने भएपछि चापागाईंलाई सरुवा गरिएको प्रतिष्ठान स्राेतको दाबी छ ।    
 

ad
ad