१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख ३१ सोमबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

करेन्ट लागेर वडाध्यक्षको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:२४:oo

साेलुखुम्बुकाे माप्य दूधकोसी गाउँपालिका– ५ का वडाध्यक्ष निमराज तामाङको मंगलबार बिहान आफ्नै घरमा करेन्ट लागेर निधन भएको छ । 

करेन्ट लागेर घाइते भएका ३९ वर्षीय तामाङको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

प्रहरीका अनुसार आज बिहान साढे आठ बजे रडसहित घरको छतबाट हाइटेन्सन लाइनमा छुँदा करेन्ट लागेर उनी घाइते भएका थिए ।

उनको जिल्ला अस्पताल थाप्लुमा उपचारको क्रममा मृत्यु भएको हो । राससका अनुसार स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट उनी निर्वाचित भएका थिए ।
 

ad
ad