१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:५६:oo

मंगलबार मन्त्रिपरिषद्को नियमित बैठक बसेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारीनिवासमा आज बसेको बैठकले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै यही असोज २४ का लागि तय भएको निर्वाचन उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरेकाे हाे । 

साथै आजकाे बैठकले ‘हिमचितुवा’का नामले परिचित कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको सम्पूर्ण उपचार खर्च राज्यले व्यहाेर्ने र शेर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल शेर्पाकाे साेमबार निधन भएको हाे । 

 बैठकले अन्य नियमित विषयमा पनि छलफल गरेको छ ।  

ad
ad