१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अनशनरत डा. केसीद्वारा माग सम्बोधन नभएसम्म स्वास्थ्य परीक्षण गर्न अस्वीकार 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:१o:oo

जुम्लामा अनशन बसेका डा. गोविन्द केसीले माग सम्बोधन नभएसम्म स्वास्थ्य जाँच नगर्ने अडान लिएका छन् । 

चन्दननाथ नगरपालिका– ६ रानीचौरस्थित मन्दिरको धर्मशालामा अनसन सुरु गरेका केसीलाई त्यहाँबाट अस्पताल लगिए पनि उनले स्वास्थ्य जाँच गर्न मानेका छैनन् । 

डा. केसीको उपचारमा खटिएका चिकित्सक डा. प्रवीणकुमार गिरीले दुई दिनदेखि उनले स्वास्थ्य परीक्षण गर्न नमानेको बताए । ‘हामीले स्वास्थ्य परीक्षणको प्रयास गरिरहेको छौँ, तर उहाँले मान्नुभएन,’ उनले भने । 

डा. केसीलाई यथाशीघ्र सुरक्षित अस्पतालमा सार्न चिकित्सकले सुझाब दिएपछि प्रहरीले ३ असोज राति १०ः४५ बजे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आइसियू कक्षमा लगेको  थियो । 

‘शनिबारसम्म दिनको तीनपटक सामान्य स्वास्थ्य जाँच गर्दै आएका थियौँ । तर, अस्पताल ल्याएपछि आइतबारदेखि सबै खालको स्वास्थ्य जाँच लिन मान्नुभएको छैन,’ गिरीले भने, ‘प्रेसर, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत कुनै पनि जाँच गर्न पाइएको छैन ।’

उनका अनुसार रगतमा चिनीको मात्रा अति न्यून भई प्रमुख अंगहरूमा जटिल समस्या देखिन सक्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुँदा संक्रमणको खतरा हुने सम्भावना रहन्छ । 

डा. केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले डा. प्रवीणकुमार गिरीको नेतृत्वमा डा. धीरज गुरुङ, डा. अनुपमंगल समाल र सविता थापासहित चार सदस्यीय टोली खटाएको अस्पताल निर्देशक डा. मंगल रावलले बताए । 

जीवनरक्षाको माग
नेपाल चिकित्सक संघ जुम्लाले अनशनरत डा. केसीको जीवनरक्षाको माग गरेको छ । सत्याग्रहको आठौँ दिनसम्म पनि सरकार र सम्बन्धित निकायबाट कुनै पनि सम्बोधनको प्रयास भएको छैन । 

डा. केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको हुँदा नेपाल सरकारले गम्भीरतापूर्वक उनको जायज माग सम्बोधन गरी जीवनरक्षा गर्नुपर्ने माग गरिएको संघका सचिव चिकित्सक हरिहर देवकोटाले बताए । 

२९ भदौदेखि अनशनरत डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने, स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।
 

ad
ad