१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ जेठ १ मंगलबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माछापोखरीमा डुबेर आमा र दुई छोरीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १३:o८:oo

एकैपरिवारका आमासहित दुई छोरीकाे माछापोखरीमा डुबेर मृत्यु भएको छ । 

मोरङ ग्रामथान गाउँपालिका– ४ बनसखण्डी गाउँमा रुद्र कटुवालको माछापोखरी रेखदेख गर्दै आएकी ३५ वर्षीया आमा सीता अधिकारी,  १४ वर्षीया छोरी पवित्रा अधिकारी र ९ वर्षीया  प्रीतिका अधिकारीको पानीमा डुबेर मृत्यु भएको हो । 

वडाध्यक्ष वैजनाथ विश्वासका अनुसार पोखरीधनी रुद्रकी दिदी सीता आफ्ना दुई छोरीलाई लिएर आइतबार  बिहान माछालाई चारो हाल्न  पोखरीमा गएकी थिइन् ।

तर, उनीहरू साँझसम्म कोही पनि घर फर्किएनन् । आफन्तले माछापोखरीमा गएर हेर्दा तीनैजना पोखरीमा डुबेर मृत अवस्थामा तैरिरहेका थिए । 

स्थानीयका अनुसार आइतबार बिहान चर्को घाम लागेकोले सानी छोरी पोखरीमा नुहाउन खोज्दा गहिराइमा पुगेर डुबेको र बहिनीलाई बचाउन जाँदा दिदी र दुवै छोरी बचाउन जाँदा आमा पनि डुबेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

मोरङ प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।

ad
ad