१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १२:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कीर्तिमानी आरोही ‘हिमचितुवा’को निधन

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १२:३७:oo

विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाकाे निधन भएको छ । आज बिहान १० बजे उनको आफ्नै निवास काठमाडौंको जोरपाटीमा निधन भएको उनका आफन्त नुरछेपाल शेर्पाले जानकारी दिए ।  
     
सोलुखुम्बुको थामेमा जन्मिएका ७२ वर्षीय  ‘हिमचितुवा’ उपनामले परिचित शेर्पाकाे पार्थिव शरीर अहिले शेर्पा गुम्बामा लैजाने तयारी भइरहेको छ । बुधबार बौद्धधर्मानुसार दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनले सन् १९८३ देखि सगरमाथाको आरोहण सुरु गरेका थिए । 

सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । 

सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका थिए । 

आङरिताका तीन छोरा र एक छोरी छन् । जेठ छोरा कर्साङ आरोहण पेसामै छन् ।  माहिला छोरा छेवाङ दोर्जे भने अमेरिका र  कान्छा छोरा फुरानुरू खुम्बुमै चौँरी धपाउने काम गर्छन् । उनी छोरी डोमासित काठमाडौंको जोरपाटीमा बस्दै आएका थिए । उनकी पत्नीको सात वर्षअघि निधन भएको थियो । 

ad
ad