१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार नाघ्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १६:o१:oo

बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या १९ हजार नाघेको छ । नेपालमा कोरोना संक्रमण देखा परेको सात महिनाकाे अवधिमा २ असोजसम्मको नतिजाअनुसार बागमतीमा संक्रमितको संख्या १९ हजार चार सय ४२ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार यो संख्या देशभर कुल संक्रमित मध्ये ३१ दशमलव ५६ प्रतिशत हो । प्रदेशका १३ जिल्लामध्ये सबैभन्दा धेरै संक्रमित काठमाडौंमा छन् । शुक्रबार साँझसम्म काठमाडौंका १२ हजार चार सय ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हालसम्म चितवनका एक हजार ६ सय ७४, ललितपुरका एक हजार चार सय २८, भक्तपुरका एक हजार दुई सय ७७, मकवानपुरका एक हजार दुई सय ११, काभ्रेपलाञ्चोकका चार सय १७, धादिङका तीन सय ५८, सिन्धुपाल्चोकका एक सय ३८, नुवाकोटका एक सय ३५, रामेछापका एक सय २७, दोलखाका एक सय ११, सिन्धुलीका एक सय तीन र रसुवाका २० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कुल संक्रमितमध्ये नाै हजार सात सय ७१ अर्थात् ५०.३ प्रतिशत निको भई डिस्चार्ज भइसकेका छन् । बागमतीमा नाै हजार पाँच सय ३९ अर्थात् ४९ प्रतिशत उपचाररत र एक सय ३२ जना अर्थात् ०.७ प्रतिशतको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी हाल तीन हजार सात सय ३० आइसोलेसनमा, चार सय ९३ क्वारेन्टिनमा र एक हजार तीन सय २६ जना होम क्वारेन्टिनमा बसिरहेका छन् ।     
 

ad
ad