मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असोज ३ शनिबार १२:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घुम्थाङका पहिरोपीडितलाई लायन्स क्लबको सहयोग

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असोज ३ शनिबार १२:४७:००

बाह्रबिसे नगरपालिका– ७ घुम्थाङकाे भिरखर्क र नागपुजेका पहिरोपीडितलाई लायन्स क्लब इन्टरनेसनलले सहयोग गरेको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय फाउन्डेसन इमर्जेन्सी ग्यान्ट्रले दिएको १० हजार अमेरिकन डलर (१२ लाख नेपाली रुपैयाँ) बराबरको अत्यावश्यक सामग्री डिस्ट्रिक्ट ३२५ ए १ ले सहयोग गरेको हो ।

डिस्ट्रिक्ट गभर्नर टंकबहादुर श्रेष्ठ, क्षेत्रीय सभापति विष्णु खड्का, जिएटी, जिसटी लिडरसहित ८० जनाको टोली शुक्रबार पहिरोपीडितको अस्थायी आश्रयस्थल सखुवा पुगेर सहयोग वितरण गरेकाे हाे । 

विस्थापित एक सय ८६ परिवारलाई चामल, दाल, तेल र ‘ड्राइफुड’ वितरण गरिएको छ । साथै एक–एक थान त्रिपाल, कपडा, ओढ्ने–ओछ्याउने र भाँडाकुँडा दिएको सभापति खड्काले बताए । 

चिसो चउरमा टेन्ट ठड्याएर बसिरहेका विस्थापितलाई लायन्स क्लबले दिएको ओढ्ने–ओछ्याउनेले राहत मिलेको बाह्रबिसे नगरपालिकाकी उपमेयर सुशीला पाख्रिनले बताइन् ।

पहिरोबाट विस्थापितलाई राहत वितरणका लागि नगरले एकद्वार प्रणाली लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालसँग समन्वय गरेर लायन्स क्लब बाह्रबिसे पुगेको थियो ।