१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
रमेश रावल सुर्खेत
२o८१ जेठ १ मंगलबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेशमा ३५ जना कोरोना संक्रमित थपिए

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १६:१६:oo

कर्णाली प्रदेशमा शुक्रबार ३५ जनामा कोरोना संक्रमण देखिएको छ । 

प्रदेश अस्पताल–पशुपन्छी प्रयोगशाला सुर्खेत र चौरजहारी नगरपालिकाको प्रयोगशालामा परिएको परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण देखिएको हो । 

प्रदेश अस्पताल–पशुपन्छी प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका ६ जना, सल्यानका ६ जना र चौरजहारी नगरपालिकाको प्रयोगशालामा परिएको परीक्षणमा रुकुम पश्चिमका २३ जनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले बताए ।

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या तीन हजार ६३ पुगेको छ । 

शुक्रबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट १६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएका छन् । 

कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या दुई हजार ६ सय ४९ पुगेको छ । 

हाल कर्णालीका विभिन्न आइसोलेसन सेन्टर तथा अस्पतालहरूमा चार सय आठजना सक्रिय संक्रमित रहेका छन् । 

ad
ad