१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १३:३४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

अनशनरत डा. केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १३:३४:oo

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग राखी पाँच दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । 

डा. केसीको अनशनस्थल जुम्लाको सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका– ६ रानीचौरको धर्मशालामा ब्यानरमा केसीका मागप्रति समर्थनसहित ऐक्यबद्धता जनाउँदै नागरिक समाज जुम्लाको अगुवाइमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो । 

डा. केसीको स्वास्थ्य अवस्था चेकजाँच गर्न खटिएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक प्रवीण गिरीका अनुसार अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको छ । 

चिकित्सक गिरीले भने, ‘तैपनि उहाँ सुगरका बिरामी भएकाले नियमित चेकजाँचको खाँचो पर्छ ।’ उनका अनुसार डा. केसीको मुटुको धड्कन भने बढ्दै गएको छ । 

मुटुको धड्कन, रक्तचाप निरन्तर बढ्दै गएको अवस्थामा सुगरको अवस्था हेर्नुपर्ने हुन्छ । तर, डा. केसीले चिनीको मात्रा समेत जाँच गर्न मानेका छैनन् ।

शरीरमा पानीको मात्रा कम हुँदै जाँदा रक्तचाप बढ्ने, मुटुको धड्कन बढ्ने समस्या हुन्छ । त्यसका लागि अनिवार्य स्लाइनपानी दिनुपर्छ । तर, अनशनरत डा. केसीले स्लाइनपानीसमेत लिन नमानेको उपचारमा खटिएका चिकित्सक गिरीको भनाइ छ ।

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम सञ्चालन गरिनुपर्ने र स्नातकोत्तर तहको अनुमति तत्काल पदान गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्टानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश नं. २ र गण्डकी प्रदेश तथा डोटी, डडेल्धुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पतालको प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

ad
ad