प्रहरी हिरासतमा भएको मृत्युको सम्बन्धमा अध्ययन गर्न कानुन, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको छ ।
समितिको बिहीबार बसेको बैठकले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
समिति सभापति कृष्णभक्त पोखरेल भन्छन्, ‘प्रहरी हिरासतमा मृत्यु भएकाहरूको घटनाका सन्दर्भमा के–कस्तो भएको रहेछ भनेर अध्ययन गर्न प्रमुख सचेतकहरूको सल्लाहमा उपसमिति बनाउने निर्णय गरिएको छ । सबै प्रमुख सचेतकहरूसँग छलफल हुन पाएको छैन ।’
केही दिनअघि रौतहटमा प्रहरी हिरासतमा विजय महराको मृत्यु भएको थियो । महराका परिवारले प्रहरीले यातना दिएका कारण मृत्यु भएको भन्दै शव लिन अहिलेसम्म मानेका छैनन् ।
वेलावेला भएका आपराधिक घटनाहरूको अनुसन्धान गर्ने क्रममा प्रहरीले आरोपीलाई नियन्त्रणमा लिई हिरासतमा चरम यातना दिँदा मृत्यु हुने गरेको घटना सार्वजनिक हुँदै आएको छ ।
उपसमितिले यस्तैखाले घटनाको अध्ययन गर्न खोजेको बताइएको छ ।