१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १ बिहीबार ०९:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

५० प्रतिशत यात्रु बोकेर आन्तरिक उडान गर्न नसकिने कम्पनीहरूको अडान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १ बिहीबार ०९:५६:००

५ असोजदेखि आन्तरिक हवाई उडान खुलाउन तयार रहेका एयरलाइन्स कम्पनीहरूले सरकारको निर्णयअनुसार ५० प्रतिशत मात्रै यात्रु बोक्न भने नसकिने बताएका छन् । वायुसेवा सञ्चालहरूको साझा संस्था आयोनले मन्त्रिपरिषद्ले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने निर्णय मान्य नहुने बताएका हुन् । संसारका कुनै पनि देशमा यस्तो व्यवस्था नभएको बताउँदै स्वास्थ्य मापदण्डमा कडाइ गरेर शतप्रतिशत सिट उडान गर्ने अडान राखेका छन् । 

संघले विज्ञप्ति निकालेर ५० प्रतिशतमा उडान गराउँदा यात्रुलाई अत्यधिक भाडामा चाप पर्ने भएकाले यो व्यवस्थाअनुसार उडान गर्न नसक्ने स्पष्ट पारेका छन् । सरकारले यातायातलाई जस्तै गरी एयरलाइन्सलाई पनि ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको छ । तर, उक्त व्यवस्थामा पर्यटन मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणले समेत असन्तुष्टि जनाएका छन् । 

सुरुवातमा करिब २५ प्रतिशत उडान गर्ने तालिका तयार भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उनले भने, ‘दैनिक ३६ वटा आन्तरिक उडान गर्ने गरी सेड्युल तयार पारेर उडान गराउनेछौँ ।’ सामान्य समयमा दैनिक १ सय ५० उडान हुने गर्छ । ‘दैनिक ३६ वटा आन्तरिक उडान गर्ने गरी सेड्युल तयार पारेर उडान गराउनेछौँ,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने । एयरलाइन्सले कम्पनीहरूले सरकारले तोकेको स्वास्थ्य मापदण्डअनुसार उडान गराउनेछन् । पहिले नै स्वास्थ्य मापदण्ड तयार पारिएको र सबै एयरलाइन्सले सोहीअनुसार तयारी गरेको समेत महानिर्देशक पोखरेलले बताए । सामान्य समयमा दैनिक १ सय ५० उडान हुने गरेकामा अहिले ३६ वटा सुरुवात गर्ने तयारी रहेको पोखरेलको भनाइ छ । दसैँ सुरु भएपछि भने एयरलाइन्सको मागअनुसार थप्दै जाने सरकारको तयारी छ ।

कोभिड–१९ पछि पहिलो पर्यटक
बहराइन राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खालिफा कोभिडपछिको पहिलो पर्यटक बनेर बुधबार नेपाल आएका छन् । राजपरिवारका सदस्य सेख मोहम्मद हमादसहित १८ जनाको टोली खुम्बु क्षेत्रमा पर्ने लोबुचे तथा गोरखाको मनास्लु हिमाल आरोहण गर्न आएका हुन् । उनीसहितको टोली अहिले एक साताका लागि गोकर्ण फरेस्ट रिसोर्टमा क्वारेन्टाइनमा बसेका छन् । मन्त्रिपरिषद्को १४ भदौको बैठकले ३१ भदौपछि बहराइनका राजकुमारसहित १८ जनाको टोलीलाई नेपाल आउन अनुमति दिएको थियो ।

दसैंको टिकट बुकिङ अनलाइनबाट

सरकारले ६ महिनापछि देशभर बिहिबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेसँगै दसैं, तिहार, छठजस्ता महत्वपूर्ण चाडपर्वका लागि अग्रिम टिकट बुकिङको विषयमा छलफल अघि बढाएको छ । बुधबार भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बसपार्कहरूमा लाइन लगाएरभन्दा अनलाइनमार्फत टिकट बिक्री गर्ने व्यवस्था गर्न जोड दिएका छन् ।

अबको दुई हप्तामा अग्रिम टिकटको व्यवस्थापनबारे निक्र्यौल हुने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । विगत वर्षहरूमा महिना दिनअघिदेखि नै घर जानका लागि अग्रिम टिकट काट्ने तयारी हुने गरेको थियो । यो वर्ष पनि ठूला चाड आउन ५ हप्ता मात्र बाँकी छ । अघिल्ला वर्षको तुलनामा यो वर्ष भिड हुने सम्भावना नभएको विभागको भनाइ छ । धेरै मानिस घर गएर फर्किएका छैनन् । उपत्यकामै हुनेहरू पनि कमै मात्र घर जालान् । त्यसकारण यातायात सञ्चालन भयो भने पनि व्यस्थापन गर्न गाह्रो नहुने उनको भनाइ छ । 

त्यस्तै, यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ठूलो भर्‍याङले बुधबार एक सूचना जारी गरी बिहीबारदेखि सवारीचालक अनुमतिपत्र वितरण हुने जानकारी दिएको छ । स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको यातायात व्यवस्था विभागको वेबसाइटबाट जानकारी लिन सकिन्छ ।