१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
सुवास भट्ट काठमाडौं
२o८१ जेठ १ मंगलबार १९:४६:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर डिजिटल संस्करण

मनै लोभ्याउने तीनधारे झरना (फोटोफिचरसहित)

Read Time : > 1 मिनेट
सुवास भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १९:४६:oo

लामो लकडाउनका कारण मानसिक रूपमा दिक्क हुनुहुन्छ र नजिक कतै घुम्न जाने मानसिकतामा हुनुहुन्छ भने काभ्रेको रोशी गाउँपालिकास्थित तीनधारे झरना एउटा उत्तम विकल्प हुन सक्छ । खासगरी काठमाडौं उपत्यका र काभ्रे आसपासका मानिसका लागि छोटो दूरीको अनुपम रमणीय र आनन्ददायक ‘स्पट’ हुन सक्छ यो झरना । 

छोटो दूरी 
यो काभ्रेको रोशी गाउँपालिका– २ काफलडाँडामा अवस्थित छ । खासगरी काठमाडौं उपत्यका र आसपासका जिल्लाका पारखीका लागि यो झरना उपयुक्त गन्तव्य हुन सक्छ । यो काठमाडौंबाट करिब ६० किलोमिटरको दूरीमा पर्छ । काभ्रेको सदरमुकाम धुलिखेलबाट भने ३० किलोमिटर दूरीमा झरना पुग्न सकिन्छ । बिहान सबेरैदेखि यात्रा तय गर्नुभयो भने बेलुका फर्कन सक्नुहुन्छ । 

नयाँ गन्तव्य 
यो झरना स्थानीयका लागि नौलो नभए पनि बाहिरीयाका लागि भने चित्ताकर्षक लाग्छ । करिब तीन सय मिटर उचाइबाट झर्ने पानीको बहाव आकर्षक देखिन्छ । स्थानीयहरूका अनुसार यो झरनामा मानिसको आवागमन ह्वात्तै बढेको छ । स्थानीय बाटुली मगरका अनुसार यो झरनामा गत दुई महिनायता मानिसको चाप ह्वात्तै बढेको छ । यो झरना प्राकृतिक आकारमै रहे पनि पछिल्लो समय यसले आफ्नो धार बदलेर आकर्षक रूप धारण गरेपछि थप मनमोहक देखिएको अर्का स्थानीय नरबहादुर जर्गामगर बताउँछन् । ‘अहिले झरनाले आफ्नो बहाव र फैलावटलाई आकर्षक शैलीमा परिवर्तन गरेका कारण विगतमा भन्दा मनमोहक देखिएको हो,’ जर्गामगर भन्छन् । 

सामाजिक सञ्जालमार्फत ब्रान्डिङ
पछिल्लो समय यो झरना सामाजिक सञ्जालमा ‘भाइरल’ छ । खासगरी फेसबुक, ट्विटर, युट्युबमा झरनाका तस्बिर र भिडियो अत्यधिक सेयर भएका छन् । सामाजिक सञ्जालमा सेयर भएका तस्बिर र भिडियोलाई पछ्याएर नै अहिले अधिकांश मानिस झरना पुग्ने गरेका छन् । 

दैनिक १५ सय अवलोकनकर्ता 
केही समयअघिसम्म खासै चर्चामा नरहेको यो झरनामा अहिले मानिसको घुइँचो लाग्छ । स्थानीयका अनुसार झरनामा अहिले दैनिक औसत १५ सय मानिस अवलोकनका लागि आउँछन् । 

पूर्वाधार र सुविधा कमी 
मानिसको आवतजावत बढे पनि झरनामा पुग्ने बाटो र पूर्वाधारको कमी देखिन्छ । मानिसको घुइँचो बढेपछि झरना पुग्ने गोरेटोलाई केही सम्याए पनि जोखिमपूर्ण छ । 

यसैगरी झरनाको संरक्षणमा पनि स्थानीय तहको उचित चासो देखिन्न । वर्षा मौसम भर्खरै सकिएको र सुक्खा मौसम सुरु भएपछि यसको पानीको स्रोत सुक्दै जाँदा झरनाको अहिलेको सुन्दर स्वरूप परिवर्तन हुन सक्ने स्थानीयहरू बताउँछन् । यसका लागि स्थानीय सरकारले चासो दिनुपर्ने उनीहरूको भनाइ छ । त्यस्तै, अवलोकनकर्ताहरूको घुइँचो बढेसँग झरनाको संरक्षण र व्यवस्थापनमा पनि स्थानीय तहले चासो देखाउनुपर्ने उनीहरूको माग छ । 

आसपासमा अन्य गन्तव्य पनि 
झरनासँग यस आसपासका क्षेत्रको पनि प्रवर्द्धन जरुरी रहेको स्थानीयको भनाइ छ । झरना आसपासमा तामाखानी, झाँक्रीगुफा, महाभिर छाँगा, पाँचकन्या पोखरी, कमलपोखरीजस्ता गन्तव्यको पनि पहिचान र प्रवर्द्धन गर्नुपर्ने उनीहरूको माग छ । 

ad
ad