१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ ३१ बुधबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ ३१ बुधबार o९:१o:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यातायात, होटेल १ असोजदेखि र आन्तरिक उडान ५ असोजबाट खुल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ ३१ बुधबार o९:१o:oo

कोरोना जोखिमका कारण ११ चैतदेखि बन्द रहेको होटेल र लामो दूरीको यातायात १ असोजबाट सञ्चालनमा आउने भएको छ ।

  • सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री एवं नेपाल सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवाली । तस्बिर : चन्द्रकला क्षेत्री, रासस   

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिपरिषद्को निर्णय सार्वजिनक गर्दै हवाई क्षेत्र पनि १ गतेदेखि खुलाउने जनाएको थियो । तर, पर्यटन मन्त्रालयले ५ गतेबाट खुलाउने निर्णय गरेकाले सोहीअनुसार खुलाउन हवाई कम्पनीहरूलाई पत्र पठाएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । 

यता सरकारका प्रवक्ताले सिटको आधा क्षमतामा मात्रै यात्रु उडाउनुपर्ने बताए । तर, यसअघि पूरै सिट क्षमतामा उडाउने निर्णय भएकाले बुधबार यो विषयमा व्यवसायीहरूसँग छलफल गरिने महानिर्देशक पोखरेलले बताए । एयरलाइन्स कम्पनीहरूले ५ असोजदेखि नै उडान गर्ने गरी टिकट बुकिङ खुलाएका छन् । नेपालीहरूको चाड दसैंसमेत नजिकिएको भन्दै एयरलाइन्स कम्पनीहरूले बुकिङ खुलाएका हुन् । बुद्ध, यती, सीता, तारा, श्री एयरलाइन्स, सिम्रिकलगायत एयरलाइन्स कम्पनीहरूले टिकट बुकिङ खुलाएका छन् । 

व्यवसायीहरूले होटेल र रेस्टुराँ १ असोजदेखि नै खुलाउने निर्णय गरेका छन् । सरकारले १ असोजदेखि खुलाउन अनुमति दिने निर्णयसँगै व्यवसायीहरूले स्वास्थ्य प्रोटोकल लागू गरेर खुलाउन लागेको जनाएका छन् । देशभर २० हजारभन्दा बढी रेस्टुराँ रहेका छन् भने १५ हजारभन्दा बढी साना र ठूला होटेलहरू रहेका छन् । 
 ११ चैतबाट बन्द रहेको लामो दूरीको यातायात खुलाउने सरकारको निर्णयसँग यातायात व्यवसायी र मजदुर खुसी भएका छन् । स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गरेर सञ्चालन गरिने यातायात भाडा भने ५० प्रतिशत थप हुनेछ । तर, सवारीसाधनको एकापट्टि मात्र यात्रु राख्न पाइनेछ । सबैखालको तयारी भइरहेकाले बिस्तारै सञ्चालन गरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । यसैबीच यातायातमन्त्री वसन्त नेम्वाङले बुधबार १० बजे मन्त्रालयमा छलफलका लागि व्यवसायीलाई डाकेका छन् । बिहीबारदेखि यातायात सञ्चालनमा ल्याउने भए पनि प्रोटोकल के–के हुने, कहाँ खाना खुवाउने, कहाँ ओराल्नेजस्ता विषय भने स्पष्ट नभएको व्यवसायीहरूको भनाइ छ । 

डा. खतिवडा प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त
सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ । उनलाई मन्त्रीसरहको सेवा सुविधा पाउने गरी नियुक्त गरिएको सरकारका नवनियुक्त प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । राष्ट्रिय सभामा मनोनीत नहुने भएपछि खतिवडाले १९ भदौमा अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् ।