१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा अध्यक्ष थापाले केन्द्रीय सदस्यहरूलाई भने- चुनावलाई केन्द्रमा राखेर काम थाल्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:५८:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई पार्टीका केन्द्रीय सदस्यहरूले सिद्धान्तमा कुनै हालतमा सम्झौता नगर्न सुझाब दिएका छन् । काठमाडौं उपत्यकामा उपलब्ध रहेका केन्द्रीय सदस्यहरूसँग छलफल र अन्तर्क्रियाका लागि थापाले  केन्द्रीय कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक बोलाएका थिए । 

भौतिक दूरी कायम राख्दै सञ्चालन गरिएको अन्तर्क्रियामा ७५ केन्द्रीय सदस्य सहभागी थिए ।अन्तर्क्रियामा अधिकांश केन्द्रीय सदस्यले सैद्धान्तिक र वैचारिक पक्षलाई सम्झौता गर्न नसकिनेमा जोड दिए । राप्रपाको पुँजी र जग भनेको सैद्धान्तिक पक्ष हो, त्यो पक्षलाई नजरअन्दाज गरी अघि बढे पार्टीको भविष्य संकटग्रस्त हुने भन्दै नेताहरूले पार्टीको सैद्धान्तिक मूल्यलाई एकतासँग जोडेर हेर्न नहुने धारणा राखेका थिए ।

थापाले राजसंस्थासहितको लोकतन्त्र, सनातन हिन्दूराष्ट्र र स्थानीय स्वायत्त शासनमा आधारित सम्बर्द्धनवादको विचारलाई स्थापित गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यकता औँल्याए । राप्रपाले बोकेको मान्यतालाई कमजोर हुन नदिन नेतृत्वको तर्फबाट आफूले खेल्नुपर्ने भूमिकामा कुनै कसर बाँकी नराख्ने भन्दै थापाले संगठनकेन्द्रित भएर आगामी निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला जिल्लामा सांगठनिक गतिविधि गर्न नेताहरूलाई आग्रह गरे । 

मुलुकमा विकृति, विसंगति र भ्रष्टाचारले जनता वाक्कदिक्क भएको र नयाँ वैकल्पिक शक्तिको खोजीमा जनता रहेकोले विकल्प राप्रपा बन्ने गरी आगामी दिनमा कार्य गर्नु आजको आवश्यकता भएको थापाको तर्क थियो । 

बैठकमा पार्टीका नेताहरू दीपक बोहरा, बुद्धिमान तामाङ, राजीव पराजुली, राजेन्द्र लिङ्देन, निरञ्जन थापा, भास्कर भद्रा, चन्द्रबहादुर गुरुङलगायतको उपस्थिति रहेको सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिए । केही दिनअघि जिल्लामा रहेका नेताहरूसँग भर्चुअल बैठक गरेका थापाले आगामी दिनमा पनि छलफललाई निरन्तरता दिने बर्तौलाले बताए ।

ad
ad