१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २९ सोमबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका विराटनगर
२o७७ भदौ २९ सोमबार १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषध सेवन गर्न भारत पुगेका नेपाली युवा गोली प्रहारबाट घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o७७ भदौ २९ सोमबार १३:o३:oo

सिल भएको नेपाल–भारत सिमानाबाट लागुऔषध सेवन गर्न भारत पुगेका एक नेपाली युवा भारतीय युवाले प्रहार गरेको गोली लागेर घाइते भएका छन् ।   

विराटनगर– १७ मटेर्वा नाकाबाट आइतबार अपराह्न लागुऔषध सेवन गर्न भारतीय बजार जोगबनी पुगेका विराटनगर– १२ का २४ वर्षीय दीपक मण्डल भारतीय युवा मुकेश यादवले प्रहार गरेको गोली लागेर सामान्य घाइते भएका हुन ।   

इलाका प्रहरी रानीका इन्स्पेक्टर राजेश थापाका अनुसार गोली प्रहारबाट मण्डलको दायाँ  खुट्टाको औंलामा चोट लागेको छ । 

लागुऔषध  सेवन गरेका मण्डलमाथि लागुऔषध कारोबारमा संलग्न भारतीय नागरिक मुकेश यादवले लेनदेनको आपसी विवादमा गोली प्रहार गरेको हुन सक्ने प्रहरीको भनाइ छ । 

गोली प्रहार भएपछि स्थानीयले भारतको जोगबनी बजारमै रहेको क्लिनिकमा उपचारका लागि मण्डललाई पुऱ्याएका थिए । तर, त्यहाँ पनि लेनदेनको विषयमा भारतीय युवाले हवाईफायर गरेपछि मण्डल भागेर साँझ नेपाल आएका थिए । 

प्रहरीले मण्डललाई विराटनगर रोडशेष चौकबाट नियन्त्रणमा लिएर उपचारका लागि कोसी अस्पताल पठाएको थियो । हाल उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रानीका निरीक्षक राजेश थापाका अनुसार नेपाली युवा मण्डल पनि लागुऔषध सेवन र ओसारपसारमा संलग्न व्यक्त्ति हुन् । 

उनीबाट लागुऔषध बरामद नभएकोले उनलाई यसअघि सम्झाएर छाडिएको प्रहरीले जनाएको छ । साथै घटना भारतमा भएकोले छानबिन गर्न भारतीय प्रहरीलाई आग्रह गरिएको प्रहरीले जनाएको छ ।