१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बाल दिवसमा प्रधानमन्त्रीकाे शुुभकामना सन्देश- यही वर्ष सडकबालबालिकामुक्त राष्ट्र घोषणा हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:५३:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले चालू आर्थिक वर्षभित्रै नेपाललाई ‘सडकबालबालिकामुक्त राष्ट्र’ घोषणा गर्ने बताएका छन् । राष्ट्रिय बाल दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘सरकारले ‘सडकबालबालिकामुक्त राष्ट्र’ अभियानअन्तर्गत नेपाललाई यही आर्थिक वर्षभित्र सडकबालबालिकामुक्त राष्ट्र घोषणा गर्ने नीति लिएको छ ।’

प्रधानमन्त्री ओलीले बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरूलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरूलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

विश्वभर फैलिएको कोभिड– १९ महामारीबाट आक्रान्त समाजमा बालबालिकाको जीवन र पठनपाठनमा गम्भीर असर परेको भन्दै प्रधानमन्त्री ओलीले महामारीको सामना गरेर बालबालिकाले जीवनको परीक्षासमेत उत्तीर्ण हुन सिकेका बताएका छन् । 
 

ad
ad