१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नवीन अर्याल काठमाडाैं
२o८१ जेठ १ मंगलबार o६:३o:oo
Read Time : > 4 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

दसैँको मुखैमा अटो बजारमा छैन चहलपहल

कोरोना महामारीले मुलुकको अर्थतन्त्रमा शिथिलता आउँदा अटो बजार प्रभावित, गाडीको बिक्री ठप्प

Read Time : > 4 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:३o:oo

यदि अवस्था सामान्य हुन्थ्यो भने यति बेला काठमाडौंको भृकुटीमण्डमा गाडीको कुम्भमेला ‘नाटा अटो सो’ चलिरहेको हुने थियो । गाडी विक्रेताहरू नगद छुटसहितको आकर्षक स्किम दिएर गाडीको बुकिङ लिइरहेका हुन्थे । विभिन्न गाडी कम्पनीबीच नयाँ गाडी र मोटरसाइकल सार्वजनिक गर्न प्रतिस्पर्धा चलिरहेको हुन्थ्यो । ग्राहकहरू मेलाका स्टल स्टल चहारेर गाडी र मोटरसाइकल किन्न मोलमोलाई गरिरहेका हुन्थे । यही मेलाबाट सवारीसाधनको दसैँ–तिहारको व्यापार सुरु हुन्थ्यो ।

हजारौँको संख्यामा अवलोकन गर्न आउने हुँदा मेलाले पूरै भृकुटीमण्डप हप्ता दिनसम्म अटोमय हुन्थ्यो । तर, यसपटक अवस्था फरक भइदियो । दसैँ मुखमै आइपुग्दा पनि अटोमेला हुन सकेन । न अटो बजारमा चमकधमक नै देखिएको छ । 

विश्वभर फैलिएको कोभिड–१९ महामारीले मुलुकको अर्थतन्त्रमा शिथिलता आउँदा अटो बजार पनि प्रभावित बनेको छ । अटो सो आयोजना गर्ने कुरा त परै जाओस्, गाडी विक्रेताले सोरुम खोल्न पनि पाइरहेका छन् । तीन हप्ताको निषेधाज्ञापछि सरकारले बल्लतल्ल हप्तामा दुई दिन मात्र सोमबार र बुधबार गाडी तथा मोटरसाइकल पसल खोल्न स्वीकृति दिएको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यकारिणी सदस्य निराकार श्रेष्ठ भन्छन्, ‘अहिले गाडीको बिक्री करिब ठप्प छ, अतिआवश्यक परेकाले मात्र गाडी किन्न खोजिरहेका छन् ।’

-विगतका दसैँमा गाडी विक्रेताहरूले ग्राहक तान्न नगद छुट र अन्य सुविधासहितको स्किम घोषणा गर्थे । बैंक तथा वित्तीय संस्थाहरूले पनि सस्तो ब्याजदरमा सवारी कर्जा उपलब्ध गराउँथे । गाडीको व्यापार पनि गुल्जार हुने गथ्र्यो । कतिपयले गाडी र बाइक खरिद गर्न दसैँको स्किम कुरेर बसेका हुन्थे । नाडा अटो सोदेखि दसैँसम्मको ४०/४५ दिनको अवधिमा वर्षभरि हुने कुल व्यापारको झन्डै ३५/४० प्रतिशत व्यापार हुने गथ्र्यो ।

नाडा अटो सोमा लिएको बुकिङ तिहारसम्म डेलिभरी गर्न भ्याइनभ्याई हुन्थ्यो । यो वर्ष सवारीसाधनको बिक्री ५० प्रतिशतभन्दा तल झरेको अटोमोबिल व्यवसायी बताउँछन् । विगतका दसैँहरूमा झैँ यसपटक अटो बजारमा रौनकता नआउने नाडाका उपाध्यक्ष आकाश गोल्छा बताउँछन् । ‘दसैँ मुखैमा आइपुग्दा भर्खर मात्र बजार खुलेको छ, अहिले हप्तामा दुई दिन मात्र सोरुम खोल्न पाइने व्यवस्था छ, अझै दुई/चार दिन हेरौँ, गाडीको व्यापार कत्तिको हुन्छ,’ फोर्ड गाडी विक्रेता गोल्छा भन्छन्, ‘गत वर्षको दसैँ–तिहारमा जति व्यापार हुन्थ्यो त्यसको ५० प्रतिशतसम्म बिक्री गर्न सक्यौँ भने पनि खुसी हुनेछु ।’

नाडाका उपाध्यक्ष आकाश गोल्छा भन्छन् ‘दसैँ मुखैमा आइपुग्दा भर्खर मात्र बजार खुलेको छ, अहिले हप्तामा दुई दिन मात्र सोरुम खोल्न पाइने व्यवस्था छ, अझै दुई/चार दिन हेरौँ, गाडीको व्यापार कत्तिको हुन्छ । गत वर्षको दसैँ–तिहारमा जति व्यापार हुन्थ्यो त्यसको ५० प्रतिशतसम्म बिक्री गर्न सक्यौँ भने पनि खुसी हुनेछु ।’


सरकारले ११ चैतदेखि गरेको लकडाउन ८० दिनपछि खुकुलो बनाएको थियो । कोभिड संक्रमित ह्वात्तै बढ्न थालेपछि ३ भदौदेखि पुनः निषेधाज्ञा जारी गरेको हो । अहिले निषेधाज्ञा आंशिक रूपमा मात्र खुला गरिएको छ । अझै बजार पूर्णरूपमा खुलेको छैन । लकडाउन र निषेधाज्ञाले अटो बजार नराम्रोसँग थलिएको व्यवसायीको गुनासो छ । बजार बन्द भएपछि गाडी विक्रेताले दसैँलक्षित स्किम पनि ल्याउन पाएका छैनन् । अहिले आंशिक रूपमा भए पनि बजार खुलेकाले दसैँको स्किम कस्तो ल्याउने भनेर कम्पनीमा छलफल भइरहेको गोल्छा बताउँछन् । 

बजाज बाइकको नेपाली विक्रेता एचएच बजाजकी सहायक महाप्रबन्धक पुनम सिंह भर्खरै बजार खुलेकाले स्किमको तयारीमा जुटेको बताउँछिन् । उनी भन्छिन्, ‘अहिले नै सवारीसाधनको बिक्री कस्तो हुन्छ यसै भन्न सकिने अवस्था छैन, यसका लागि हप्ता–दश दिन कुर्नुपर्ने हुन्छ, बजार खुलिसकेपछि चुप लागेर बस्ने कुरो पनि भएन, हामी दसैँलक्षित स्किमको तयारीमा लागेका छौँ ।’

कोभिड संक्रमित निरन्तर बढिरहेका छन् । सरकारले भोलिका दिनमा कस्तो कदम चाल्ने हो थाहा छैन । अहिले पनि गाडी व्यवसायीहरूमा अन्योलता देखिन्छ, अब बजार नियमित खुल्ला कि नखुल्ला, ग्राहक भेटिएलान् कि नभेटिएलान्, दसैँका लागि कस्तो स्किम ल्याउने ? बजार खुलेसँगै अहिले आफूहरू दसैँको बजारलाई लक्षित गरेर आन्तरिक गृहकार्यमा जुटिरहेको बताउँछन् कोरियन हुन्डाई गाडीको नेपाली विक्रेता लक्ष्मी हुन्डाईका निर्देशक निराकार श्रेष्ठ । लकडाउनले चैत, वैशाख र जेठ महिना तथा निषेधाज्ञाले भदौ महिनाभरि सवारीसाधनको बिक्री लगभग शून्य नै रह्यो ।

व्यवसायीका अनुसार यसअघि करिब तीन महिना लामो लकडाउन खुकुलो भएसँगै जुलाई महिनामा दुईपांग्रे सवारीको बिक्री सामान्य अवस्थामै फर्किएको थियो । चारपांग्रेको बिक्री पनि ५० देखि ७५ प्रतिशतसम्म रिकभर भएको थियो । यातायात व्यवस्था विभागका अनुसार असार महिनामा बागमती प्रदेशमा ६ हजार ५४ वटा बाइक तथा स्कुटर दर्ता भएका छन् । गत वर्षको सोही महिनामा सात हजार २९६ बाइक तथा स्कुटर दर्ता भएका थिए ।

एचएच बजाजका सहायक महाप्रबन्धक पुनम सिंह भन्छन् ‘अहिले नै सवारीसाधनको बिक्री कस्तो हुन्छ यसै भन्न सकिने अवस्था छैन, यसका लागि हप्ता–दश दिन कुर्नुपर्ने हुन्छ, चुप लागेर बस्ने कुरो पनि भएन, हामी दसैँलक्षित स्किमको तयारीमा लागेका छौँ ।’

असारमा बागमती प्रदेशमा आठ सय ६८ कार, जिप र भ्यान दर्ता भएका छन् । जब कि गत वर्षको सोही महिनामा सात सय ७५ वटा मात्र कार, जिप र भ्यान दर्ता भएका थिए । विभागका अनुसार ११ चैतदेखि जेठ मसान्तसम्म गाडी तथा बाइकको दर्ता शून्य रह्यो । तीन महिनापछि बजार खुल्नेबित्तिकै अटो विक्रेताहरूले विभिन्न प्रकारका आकर्षक स्किम सार्वजनिक गरेका थिए ।

गाडी कम्पनीहरूले ल्याएका शून्य प्रतिशत ब्याजदरमा फाइनान्सिङ सुविधा, लो डाउनमेन्ट, हाई क्यास डिस्काउन्ट, मासिक किस्ता एक रुपैयाँ, क्यासब्याक, निःशुल्क इन्स्योरेन्स, एक्सचेन्ज सुविधालगायत आकर्षक स्किमहरूले पनि त्यति बेला सवारीसाधनको बिक्री बढाउन मद्दत ग¥यो । तर, यसपटक अवस्था अलिक फरक भइसकेको छ । अहिले दिनकै एक हजारभन्दा बढी कोभिडका संक्रमित बढिरहेका छन् । कोभिडबाट मृत्यु हुनेको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । लक्ष्मी हुन्डाईका निर्देशक श्रेष्ठ भन्छन्, ‘पहिलो लकडाउन खुलेसँगै आशावादी बनेका आममानिस दोस्रोपटक निषेधाज्ञा लगाएपछि झन् अत्तालिएका छन्, अहिले संक्रमित र मृतकको संख्या बढेपछि मान्छे डराएर दसैँको बजार प्रभावित हुन सक्छ ।’

-विगतका दसैँमा नयाँ गाडी भित्र्याउने प्रतिस्पर्धा चल्थ्यो । यो वर्ष अनिश्चित भएसँगै धेरै कम्पनीले नयाँ गाडी पनि ल्याउन सकेनन् । तर, कतिपय गाडी विक्रेताले नयाँ गाडी ल्याएर बिक्री सुरु गरेका छन् । कतिपय बजार निरन्तर खुलेमा अझै नयाँ गाडी ल्याउने तयारीमा पनि छन् । हुन्डाई कम्पनीले नयाँ गााडी अउरा भित्र्याएर बिक्री सुरु गरिसकेको छ । सेडान अउराको मूल्य ३३ लाख ९६ हजार रुपैयाँ छ ।

लक्ष्मी हुन्डाइका निर्देशक निराकार श्रेष्ठ भन्छन् ‘पहिलो लकडाउन खुलेसँगै आशावादी बनेका आममानिस दोस्रोपटक निषेधाज्ञा लगाएपछि झन् अत्तालिएका छन् । अहिले कोरोना संक्रमित र मृतकको संख्या बढेपछि मान्छे डराएर दसैँको मुख्य सिजन प्रभावित हुन सक्छ ।’

कुजु नेपालले इन्डोनेसियामा उत्पादन हुँदै आएको डिएसएफके ब्रान्डको एसयुभी गाडी ‘ग्लोरी ५६०’ बिक्री सुरु गरेको छ । एड्भान्स अटोमोबाइलले रेनो क्विड फेसलिफ्ट मोडल तीन भेरियन्टमा भित्र्याएको जनाएको छ । केटिएमले दुईवटा नयाँ बाइक डुक २०० बिएस ६ र डुक २५० सार्वजनिक गर्दै छ । होन्डाले पनि नयाँ स्कुटर सार्वजनिक गर्ने तयारीमा रहेको छ । यामाहाले रेजेड आर १२५ एफआई स्कुटर ल्याउँदै छ । एमएडब्लु इन्टरप्राइजेजले गत महिना स्कोडाको नयाँ ¥यापिड टिएसआई नेपालमा बिक्री सुरु गरेको छ । '

‘हामी स्किम ल्याएर बजारमा उत्रिदै छौँ, यो वर्ष बिक्री ५० प्रतिशत हाराहारी हुने अनुमान छ,’ गोल्छाले भने, ‘अहिले बजार खुलेपछि कतिपय ग्राहकले घरबाटै फोन गरेर इन्क्वायरी गर्न थालिसकेका छन् ।’ जुलाई महिनामा गाडी र बाइकको बिक्री बढेपछि व्यवसायीमा आशाको किरण देखिएको थियो । सोही महिनाको अन्त्यतिर संक्रमण अझ बढ्न थालेपछि व्यवसायीमा पनि उत्साह हराउँदै गयो । उनी भन्छन्, ‘यदि अवस्था सहज बन्दै गएमा गत वर्षको तुलनामा सन् २०२० मा समग्र अटोमोबिल बजारमा ४५÷५० प्रतिशत हाराहारी गाडी बिक्री होला ।’

ad
ad