१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ २६ शुक्रबार
  • Sunday, 11 May, 2025
२o७७ भदौ २६ शुक्रबार २१:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

क्यान्सरपीडित महिलाद्वारा उपचार सहयोगको अपिल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ २६ शुक्रबार २१:२३:oo

स्तन क्यान्सरबाट पीडित दोलखा भीमेश्वर नगरपालिका– ७ मगरटोल सिंहरामकी ५० वर्षीया धनकुमारी मगरले उपचारका लागि सहयोगको अपिल गरेकी छिन् । परिवारको आर्थिक अवस्था अत्यन्त कमजोर भएको र उपचार अभावमा मर्नुपर्ने अवस्था आएको भन्दै सहयोगका लागि उनले अपिल गरेकी हुन् । 

उनको परिवारमा श्रीमान् र श्रीमती मात्रै छन् । वृद्ध अवस्थाका श्रीमानको आम्दानीको स्रोत छैन । सिंहराम भन्ने ठाउँमा उनीहरूको दुई रोपनी पाखोबारी रहेको र त्यसैमा खेतीकिसानी गरी जीविकोपार्जन गर्दै आएको उनीहरूले बताएका छन् । विपन्न मगर परिवारमा यति ठूलो विपत्ति आएपछि उनीहरू चिन्तित बनेका छन् । धनकुमारीको दाहिने स्तनमा लामो समयदेखि सानो गाँठो थियो । उनका अनुसार सोही गाठो क्रमशः बढ्दै गएको र पीडा हुन थालेपछि असार दोस्रो साता चरिकोटस्थित स्वास्थ्य संस्थामा जाँच गरेका थिए । स्वास्थ्यकर्मीले सो गाँठोका कारण स्तनमा क्यान्सर भएको हुन सक्ने भन्दै काठमाडाैं जान सुझाएका थिए । उनका श्रीमान् रामबहादुर मगरले भने, ‘साथमा एक रुपैयाँ थिएन, चरिकोटको आरम्भ लघुवित्तमा घरबारी धितो राखेर एक लाख ऋण झिकेर काठमाडाैं लगेँ, नभन्दै क्यान्सर नै लागेको रहेछ ।’ उनले श्रीमतीलाई भक्तपुरस्थित क्यान्सर अस्पताल भर्ना गरेको र १७ असारमा क्यान्सर पुष्टि भएकाे बताए । करिब एक साता काठमाडाैंमा बसेर उपचार गर्दा ऋण लिएको एक लाख सकिएपछि घर फर्किएको उनले बताए । उनले भने, ‘अब उपचारका लागि काठमाडाैं लैजान गाडी भाडासमेत छैन । सन्तान पनि भएनन्, भएकी एउटी श्रीमतीलाई पनि यस्तो रोग लाग्यो, लौ न हजुर मेरी श्रीमती बचाउन सहयोग गरिदिनुस् ।’ उनकी श्रीमती धनकुमारीले पैसा नभएकै कारण मनुपर्ने अवस्था आएको दुखेसो गरिन् । 

उपचारका लागि आठ लाख खर्च लाग्ने 
भक्तपुर क्यान्सर अस्पतालले उनको उपचारका लागि आठ लाख लाग्ने जनाएको उनीहरूले बताए । अस्पतालले सात लाख जुटाएर आए एक लाख राज्यको तर्फबाट विपन्न नागरिक उद्धार कोषमार्फत छुट गरिने जनाएको उनीहरूको भनाइ छ । 

दम्पतीको दयनीय अवस्था देखेर भीनपा– ७ उखुबारीका निर्माण व्यवसायी विकास खड्काले पाँच हजार सहयोग गरेका छन् । उनले थप सहयोग गर्ने वचनसहित आवश्यक सहयोग जुटाउन लाग्ने आश्वासन दिए । 

मगरदम्पतीले सहयोग गर्न चाहनेले भतिजीको मोबाइल नम्बर ९८२४८३७८०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । यसबाहेक धनकुमारी मगरको महालक्ष्मी विकास बैंक चरिकोट शाखामा रहेको खाता नम्बर ०५३१०२००२८५१८१०००००१ मा समेत रकम जम्मा गर्न सक्ने जनाइएको छ ।