१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख ३० आइतबार ११:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

धनुषामा ११ वर्षीया बालिका बलात्कारको मुद्दा मिलाउने चलखेल, चार दिनपछि अभियुक्त पक्राउ

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:२२:oo

धनुषामा १४ वर्षीया दलित बालिकालाई जबर्जस्ती करणी गर्ने ५६ वर्षीय वृद्ध पक्राउ परेका छन् । उजुरी परेको चार दिनपछि प्रहरीले लक्ष्मीनिया गाउँपालिका– २, सिनुरजोडाका बुधन भनिने बद्रीनाथ साहलाई बुधबार बेलुकी पक्राउ गरेको हो । 

उनले ती बालिकालाई चकलेटको प्रलोभन देखाई आफ्नो पसलमा बोलाएर भदौ २० गते बेलुका करिब ७ बजे जबर्जस्ती करणी गरेका थिए । प्रहरीका अनुसार साहले पसलमा रहेको चाउचाउका कार्टुन स्टोरमा पुऱ्याउन लगाई सटर लगाएर पछिपछि गई बन्द कोठामा बालिकामाथि जबर्जस्ती गरेको खुलेको छ । इलाका प्रहरीले उजुरी नलिएपछि परिवारले जिल्ला प्रहरी कार्यालयमा ठाडो उजुरी दिएका थिए । 

पीडितकी आमाले थाहा पाएपछि २१ भदौमै नजिकै रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी गरेकी थिइन् । तर, प्रहरी, स्थानीय जनप्रतिनिधि र छिमेकीले पैसामा मिल्न दबाब दिएका उनले गुनासो गरिन् । ‘दलित भनेर हाम्रो इज्जतमाथि खेल्ने कोसिस भयो, इलाका प्रहरीले पनि उजुरी लिएन, उल्टै गाउँमै मिल्नु भनेर दबाब दिए, २५ हजार रुपैयाँको प्रलोभन देखाए,’ नयाँ पत्रिकासँग उनले भनिन् ।

बलात्कारजस्तो जघन्य अपराध हुँदासमेत जनप्रतिनिधि, गाउँले र स्थानीय प्रहरीसमेत मिलेर गाउँमै मिलाउन खोजेको पाएपछि बिहीबार आफूहरूले प्रहरीलाई दबाब दिएको धनुषाका दलित अधिकारकर्मी चन्देश्वर दासले बताए । 

बिहीबार बेलुकी सादा पोसाकमा खटिएको प्रहरीले महोत्तरीको मठिहानीमा लुकिछिपि बसिरहेका साहलाई पक्राउ गरी धनुषा लगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिए । 
 

ad
ad