१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १४:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भाडामा बस्ने बालिका बलात्कार गरेको आरोपमा घरधनी पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १४:५१:oo

आफ्नै घरमा कोठा भाडामा बसेकी बालिकालाई जबर्जरस्ती करणी गरेको आरोपमा एक अधबैंसे पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

१५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा मोरङ सुन्दरहरैँचा– ४ का ५३ वर्षीय उमेश नेपाललाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो । 

घरमा कोही नभएको मौका पारेर नेपालले ती बालिकालाई पटकपटक जबर्जस्ती करणी गरेको भनी पीडित बालिका तथा उनका परिवारले किटानी जाहेरी दिएपछि नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए । 

बालिका बलात्कार गर्ने नेपाल अवकाशप्राप्त भारतीय सैनिकसमेत हुन् । 

उनका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् । कोही नभएको पौका छोपी नेपालले पटकपटक जबर्जस्ती करणी गरेको पीडित बालिकाले दिएको जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । 

नेपालले बालिकालाई युट्युबमा अश्लील सामग्री देखाई उत्तेजनामा ल्याएर बलात्कृत गर्ने गरेका थिए । बालिकालाई परिवार तथा अरू कसैलाई नभन्न धम्की दिनेसमेत गरेका थिए ।

नेपालले बालिकालाई मंगलबार कोठामा बोलाएर विवाहको प्रस्ताव राखेपछि बालिका चिच्याएकी थिइन् । उनी चिच्याएपछि उनका परिवारका सदस्य तथा छरछिमेकीले गएर सोधपुछ गरेपछि घटना बाहिरिएको हो । 

घटनाबारे थाहा भएपछि बालिकाका अभिभावक र आफन्तले इलाका प्रहरी कार्यालय बेलबारीमा नेपालविरुद्ध किटानी जाहेरी दिएका छन् । घटना बाहिरिएपछि बलात्कारमा संलग्न नेपाललाई  नियन्त्रणमा लिएर  घटनाको गम्भीर ढंगले अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख ढकालले जानकारी दिए ।

बालिकालाई स्वास्थ्य परीक्षणका लागि प्रहरीले विराटनगरको कोसी अस्पताल पठाएको छ । नेपाललाई म्याद थप गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

ती बालिकाको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको छ । दैनिक ज्याला–मजदुरी गरेर पीडित बालिकाका परिवारले आफ्नो जीविकोपार्जन गर्दै आएका छन् ।

ad
ad