१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार १२:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

स्थायी कमिटी बैठकलाई एजेन्डा तय गर्न ओली–प्रचण्ड छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:४३:oo

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार डाकिएको स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्न छलफल जारी छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा दुवै अध्यक्षबीच छलफल जारी रहेको पार्टीका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

१३ साउनदेखि पटक–पटक स्थगित भएको स्थायी कमिटी बैठक शुक्रबार (२६ भदौ) डाकिएको छ । स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएपछि पार्टीमा विवाद उत्पन्न भई बैठक स्थगित भएको थियो ।

विवाद समाधानका लागि महासचिव पौडलेको नेतृत्वमा गठन भएको कार्यदलले प्रतिवेदन बुझाएपछि स्थायी समिति बैठक बस्ने वातावरण तयार भएको हो ।

कार्यदलको प्रतिवेदनलाई आधार मानेर सहमतिको प्रस्ताव ल्याउने जिम्मा अध्यक्षलाई दिइएकाले सोहीअनुसार एजेन्डा तय गर्न दुवै अध्यक्षबीच छलफल भएको पौडेलले जानकारी दिए । 

ad
ad