१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
रासस/एएफपी जेनेभा
२o८१ बैशाख ३१ सोमबार १३:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

विश्वभर करिब एक करोड ९६ लाख कोरोना संक्रमित निको भए 

Read Time : > 1 मिनेट
रासस/एएफपी जेनेभा
नयाँ पत्रिका जेनेभा
२o८१ बैशाख ३१ सोमबार १३:४o:oo

विश्वभर एक करोड ९५ लाख ९२ हजार दुई सय ८० जना कोरोना संक्रमित निको भएका छन् ।

हालसम्म विश्वमा दुई करोड ७४ लाख ९२ हजार नौ सय ८२ जनालाई कोरोना भाइरसको संक्रमण भइसकेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले मंगलबार दिएको जानकारीअनुसार अहिले संक्रमित अवस्थामा ७० लाख तीन हजार सात सय ७६ जना मात्र छन् ।

संक्रमितमध्ये ६० हजार दुई सय ९८ जना गम्भीर रहेको डब्ल्लुएचओले जनाएको छ ।

संक्रमणबाट हालसम्म आठ लाखा ९६ हजार नौ सय २६ जनाको मृत्यु भएको छ । 

संक्रमणबाट बढी प्रभावित पाँच मुलुक
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिका हो । अमेरिकामा ६४ लाख ८५ हजार पाँच सय ७५ जना संक्रमित भएका छन् । त्यसमध्ये ३७ लाख ५८ हजार ६ सय २९ जना निको भएको र एक लाख लाख ९३ हजार पाँच सय ३४ व्यक्तिको मृत्यु भएको छ । 

दोस्रो बढी प्रभावित भारतमा ४२ लाख ८० हजार चार सय २२ जना संक्रमित भएका छन् । भारतमा ३३ लाख २३ हजार नौ सय ५० जना संक्रमणमुक्त भएका छन भने ७२ हजार आठ सय १६ जनाको मृत्यु भएको छ । 

तेस्रो प्रभावित ब्राजिलमा ४१ लाख ४७ हजार सात सय ९४ जना कोरोना संक्रमित भएकोमा ३३ लाख ५५ हजार पाँच सय ६४ जना निको भएका छन् । त्यहाँ एक लाख २७ हजार एकजनाको मृत्यु भएको छ ।  

चाैथाे रुसमा १० लाख ३० हजार ६ सय ९० जना संक्रमित भएकोमा आठ लाख ४३ हजार दुई सय ७७ जना निको भइसकेका छन् । १७ हजार आठ सय ७१ जनाको मृत्यु भएको छ । 

पाँचाैँ बढी प्रभावित पेरूमा ६ लाख ९१ हजार पाँच सय ७५ जना संक्रमित भएका छन् ।  त्यसमध्ये पाँच लाख २२ हजार दुई सय ५१ जना संक्रमणमुक्त भएको र २९ हजार नौ सय ७६ जनाको मृत्यु भएको छ ।

ad
ad