१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १२:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

ललितपुर महानगरपालिकाले अपांगतामैत्री ‘क्याब’ ल्याउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १२:५८:oo

अपांगता भएका व्यक्तिहरुको सुविधाका लागि ललितपुर महानगरपालिकाले अपांगतामैत्री क्याब (ट्याक्सी) ल्याउने भएको छ । क्याब सञ्चालनका लागि महानगरपालिका, स्वावलम्बन जीवन पद्धति केन्द्र र स्वावलम्बन जीवन पद्धति केन्द्र, जापानबीच त्रिपक्षीय सम्झौता भएको छ । 

क्याब सञ्चालनमा आएपछि अपांगता भएका व्यक्तिलाई आवतजावत गर्न सहज हुने मेयर चिरिबाबु महर्जनले बताए । ‘तत्काललाई एउटा क्याब सञ्चालन हुन्छ, यसले छोटो दूरीमा अपांगता भएकाहरूको जीवनयापनलाई सहज बनाउन मद्दत पुग्छ,’ मेयर महर्जनले भने । 

सडक र सार्वजनिक सवारीसाधनलगायत अन्य संरचनासमेत अपांगतामैत्री नहुँदा अपांगता भएका व्यक्तिले सास्ती व्यहोर्न बाध्य छन् । महानगरले सञ्चालन गर्न लागेको क्याबमा ह्विलचेयरसहित चढ्न मिल्छ ।

चारवटा ह्विलचेयरमा बसेका अपांगता भएका व्यक्ति र उनीहरूका सहयोगी अट्ने क्षमता यो क्याबको हुने स्वावलम्बन जीवन पद्धति केन्द्रले जनाएको छ । 

सम्झौताअनुसार अपांगतामैत्री यो क्याबको खरिदका लागि महानगरपालिकाले २० लाख, स्वावलम्बन जीवन पद्धति केन्द्र जापानले १५ लाख र स्वावलम्बन जीवन पद्धति केन्द्र ललितपुरले तीन लाख रुपैयाँ खर्च गर्नेछ । चालक, इन्धन, मेन्टिनेन्स खर्च र सवारी करको खर्च महानगरले व्यहोर्नेछ । क्याब सञ्चालन स्वावलम्बन जीवन पद्धति केन्द्रको संयोजनमा हुनेछ ।
 

ad
ad