१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लमजुङमा तितेपातीबाट व्यावसायिक तेल उत्पादन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:११:oo

लमजुङको क्व्होँलासोंथर गाउँपालिका– ८ घाम्राङबेँसीमा तितेपातीको व्यावसायिक तेल उत्पादन सुरु गरिएको छ । हिमालयन हर्बो सेन्टर घाम्राङ लमजुङले तेल उत्पादन सुरु गरेको हो । 

साबिकको भोजे गाविसको मिदिम नदी–किनारमा मेसिन जडान गरी तितेपातीको तेल उत्पादन थालिएको हो । यसको परीक्षण उत्पादन गत वर्ष नै गरी सफल भएको हिमालयन हर्बो सेन्टरका अध्यक्ष गमप्रसाद गुरुङले बताए । उनका अनुसार ६ सय केजी तितेपातीबाट एक लिटर तेल निस्कन्छ । तितेपाती प्रतिकेजी चार रुपैयाँमा आफूहरूले गाउँलेहरूसँग खरिद गर्ने गरेको गुरुङले बताए ।

उनका अनुसार सो मेसिन जडान गर्नका लागि २६ लाख रुपैयाँ खर्च लागेको छ । १४ लाख रुपैयाँ डिभिजन वन कार्यालय लमजुङबाट अनुदान प्राप्त भएको र बाँकी रकम कम्पनीका सञ्चालक चारजनाले संकलन गरी सञ्चालन गरिएको गुरुङको भनाइ छ । तितेपातीको तेल अमेरिका, जापान, युरोपमा बिक्री गरिन्छ । ठूलो परिमाणको तेल उत्पादन नभएकाले कम्पनीले सीधै बिक्री गर्ने अध्यक्ष गुरुङले बताए । उनले भने, ‘यस तेलको बजार मूल्य प्रतिलिटर गत वर्ष ९ देखि १० हजार रुपैयाँ थियो, अहिले लकडाउनका कारण ६ हजारमा झरेको छ ।’ 

एकपटक तेल निस्कन चार घन्टाको समय लाग्छ । त्यसपछिका तीन घन्टामा पातीको प्रशोधन भई तेल निस्कन्छ । एकपटकमा ५ डोको दाउरा लाग्ने र त्यो प्रतिभारी १ हजार ८ सयमा खरिद गर्ने गरेको अध्यक्ष गुरुङले बताए । उक्त कम्पनीले एक मिस्त्री र एक सहायकलाई पूरा समयको नोकरी र एकजनालाई आंशिक काम दिएको छ भने दिनमा ७ जनादेखि १५ जनासम्मले तितेपाती कम्पनीमा ल्याउने गरेको कम्पनीका सेयर सदस्य खड्गबहादुर परियारले बताए । उनले भने, ‘हामीले कम्पनीको चालू पुँजी ८ लाख रुपैयाँ राखेका छौँ ।’

तितेपातीसँगै रोजमरी, तुलसी, जेनेमियमको तेल उत्पादन थाल्ने परियारले बताए । उनले भने, ‘त्यसका लागि हर्बो कम्पनीले नै नर्सरी स्थापना गरी बिरुवा उत्पादन गरेर खेती गर्न चाहने किसानलाई वितरण गरेको छ ।

ad
ad