१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o८:४o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ

नेप्से घटे पनि केही हाइड्रो र  लघुवित्तमा उच्च वृद्धि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o८:४o:oo

१२ अंकले घटेर १ हजार ४ सय ८७ मा समेटियो नेप्से

नेप्से परिसूचक सोमबार १२ अंकले घटेर १ हजार ४ सय ८७ मा आइपुगेको छ । सेयर बजार घटे पनि लघुवित्त र केही हाइड्रो कम्पनीको सेयर मूल्य न्यूनतम ५ प्रतिशतभन्दा धेरैले बढेको छ ।

लघुवित्त समूहबाट उन्नति, सहकार्य लघुवित्त र आशा लघुवित्तको ७ देखि करिब १० प्रतिशतसम्म मूल्य बढेको हो । अघिल्लो आर्थिक वर्षमा ४० प्रतिशत लाभांश दिएको उन्नति लघुवित्त र सहकार्यबीच हालै मर्जर भएको हो । उन्नतिको १ बराबर सहकार्यको शून्य दशमलव ७५ हुने गरी मर्जर भएकाले शून्य दशमलव २५ बराबरको रकम (१ करोड १३ लाख रुपैयाँ) वितरणका लागि कम्पनीलाई उपलब्ध छ । चौथो त्रैमासको वित्तीय विवरणमा नाफा घटे पनि वितरणयोग्य पुँजीका कारण लगानीकर्ता आशावादी देखिएका हुन् । मर्जरपछि ६ सय ४६ रुपैयाँबाट कारोबार सुरु भएको कम्पनीको मूल्य १ हजार नाघिसकेको छ । नाफा घटे पनि आशा लघुवित्तको सेयरमा समेत लगानीकर्ताको आकर्षण बढेको छ । कम्पनीको मूल्यसमेत १ हजारनजिक आइपुगेको छ । आरएमडिसी लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

युनिभर्सल पावर, जोशी हाइड्रो, आँखु खोला र कालिका पावरको सेयर मूल्य बढेको छ । ४ देखि करिब १० प्रतिशतसम्म यी कम्पनीको सेयर मूल्य बढेको हो । कालिका र युनिभर्सलबाहेक बाँकी सबैको मूल्य १ सयभन्दा कम छ । कालिका र युनिभर्सलको सेयर मूल्य क्रमशः १ सय २८ र १ सय १ भएको छ । 

लघुवित्त, व्यापारमूलक, वित्त र ‘अन्य’ सूचीकृत समूहबाहेक अन्य सबै समूह परिसूचक सोमबार घटेको छ । सोमबार कारोबार रकममा पनि केही कम आएको छ । यद्यपि, यो २ अर्बमाथि छ । २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको हो । यस दिन १ सय ९२ कम्पनीको ५५ लाख कित्ता सेयर कारोबार भएको हो । 

बजार अहिले पनि बुलिस प्रवृत्तिमै रहेको ७ र २१ दिने मुभिङ एभरेजले देखाइरहेको छ । अहिले पनि नेप्से अधिक खरिदको क्षेत्रमा नै रहेको १४ दिनको आरएसआई सूचकले देखाउँछ । यस्तो सूचक ७४ दशमलव ९९ छ । ३० भन्दा तल यस्तो सूचक रहे अधिक बिक्री, ३० देखि ७० सम्म रहे सन्तुलित र ७० माथि रहे अधिक खरिदको क्षेत्रमा रहेको मानिन्छ । अधिक चाप अघिल्ला दिनमा भन्दा घटेको भने छ । आइतबार यस्तो सूचक ८१ दशमलव ८३ थियो ।  

दुई कम्पनीको सेयर सूचीकरण
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको मंगलबारबाट कारोबार भएको छ । पहिलो कारोबारका लागि कम्पनीले १ सय ७ देखि ३ सय २२ को मूल्य रेन्ज पाएको छ । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ६० प्रतिशतबराबरको ३८ लाख ४९ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।

ad
ad