१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:४५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

युवतीलाई बलात्कार गरेको आरोपमा एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:४५:oo

एक १८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका– २० भलाम बस्ने वर्ष ३५ का गणेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए । 

पेसाले ट्याक्सी ड्राइभर रहेका खत्रीले २० भदौमा जंगलको एकान्त बाटोमा एक्लै हिँडिरहेको अवस्थामा डर, धम्की देखाई ती युवतीलाई जबर्जस्ती करणी गरेको हमालले बताए । 

युवतीको उजुरीपछि खटिएको प्रहरी टोलीले खत्रीलाई पक्राउ गरी जबर्जस्ती करणी उद्योगसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रक्रिया सुरु गरेको हमालले जानकारी दिए ।

ad
ad