Skip This
गण्डकीमा ८९ जना कोरोना संक्रमित थपिए 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ भदौ १९ शुक्रबार
  • Wednesday, 12 August, 2026
२o७७ भदौ १९ शुक्रबार १८:४७:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीमा ८९ जना कोरोना संक्रमित थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ भदौ १९ शुक्रबार १८:४७:oo

गण्डकी प्रदेशमा शुक्रबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार नवलपुरमा ४१, गोरखामा २२,  कास्कीमा १७, लमजुङमा तीन, स्याङ्जा र तनहुँमा दुई–दुई तथा बाग्लुङ र मनाङमा एक–एकजना संक्रमित थपिएका हुन् । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या दुई हजार चार सय तीन पुगेको छ । सक्रिय संक्रमित ६ सय १९ जना छन् ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार  एक हजार सात सय ६६ जना कोरोना जितेर घर फर्केका छन् । आइसोलेसनमा ६ सय १३ जना छन् । 

होम आइसोलेसनमा कास्कीमा ३९, तनहुँमा दुई र नवलपुरमा एकजना छन् । गण्डकीमा १८ जना संक्रमितको मृत्यु भएको छ ।