१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ भदौ १९ शुक्रबार १८:४७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

गण्डकीमा ८९ जना कोरोना संक्रमित थपिए 

Read Time : < 1 मिनेट
२०७७ भदौ १९ शुक्रबार १८:४७:००

गण्डकी प्रदेशमा शुक्रबार थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारीअनुसार नवलपुरमा ४१, गोरखामा २२,  कास्कीमा १७, लमजुङमा तीन, स्याङ्जा र तनहुँमा दुई–दुई तथा बाग्लुङ र मनाङमा एक–एकजना संक्रमित थपिएका हुन् । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या दुई हजार चार सय तीन पुगेको छ । सक्रिय संक्रमित ६ सय १९ जना छन् ।  गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्माका अनुसार  एक हजार सात सय ६६ जना कोरोना जितेर घर फर्केका छन् । आइसोलेसनमा ६ सय १३ जना छन् । 

होम आइसोलेसनमा कास्कीमा ३९, तनहुँमा दुई र नवलपुरमा एकजना छन् । गण्डकीमा १८ जना संक्रमितको मृत्यु भएको छ ।