१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १५:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु, वामदेव गौतमलाई राष्ट्रिय सभा सांसद बनाउनेबारे पनि छलफल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:२५:oo

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा भर्खर मात्र सचिवालय बैठक सुरु भएको हो । 

बैठकमा पार्टीभित्र देखिएको समस्या समाधान गर्न गठन गरिएको कार्यदलले यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बुझाएको प्रतिवेदनबारे पनि छलफल हुन लागेको छ । 

त्यसैगरी प्रत्यक्ष निर्वाचनमा बर्दियाबाट पराजित भएका पार्टीका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सांसदमा मनोनयन गर्नेबारे पनि छलफल गरी निर्णय हुने सम्भावना रहेको स्रोतले जनाएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनयन गर्ने एक सांसदको पद राष्ट्रिय सभामा खाली रहेको छ । यस पदमा वामदेव गौतमलाई मनोनयन गर्नेबारेमा गत १४ फागुनमा बसेको नेकपाको सचिवालय बैठकमा निर्णय भएको थियो । 

तर, पार्टीभित्रै र अन्य क्षेत्रबाट तीव्र विरोध आएपछि उक्त निर्णय तत्कालका लागि कार्यान्वयनमा जान सकेको थिएन ।

उपाध्यक्ष गौतमले भने अहिले पार्टीभित्र देखिएको संघर्षका वेला त्यसवेला भएको निर्णय कार्यान्वयन गर्नुपर्ने अडान लिएपछि उनलाई मनोनयन गर्ने सम्भावना बढेको नेकपा स्रोतले जनाएको छ । 

यसअघि यही १३ भदौका लागि सचिवालय बैठक डाकिएको थियो । तर, बैठक स्थगित गरिएपछि नेकपाको सचिवालय बैठक बिहीबार याने कि आज बसेको हो । 

ad
ad