Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2020
२०७७ श्रावण २९ बिहीबार १३:४६:००
मुख्य समाचार डिजिटल संस्करण

ट्रकले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु, एक घाइते

२०७७ श्रावण २९ बिहीबार १३:४६:००

हेटौँडामा निषेधाज्ञा जारी रहेकै अवस्थामा सवारी दुर्घटना भएको छ । 

बिहीबार बिहान साढे ११ बजे ट्रकले अटोलाई ठक्कर दिँदा दुईको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १९ तिनताप्केमा हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना.६ख १६११ नम्बरको ट्रकले शाखा सडकबाट राजमार्गतर्फ आउँदै गरेको ना.२ह ३४६५ नम्बरको अटोलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । 

प्रहरीका अनुसार दुर्घटनामा परी अटोमा यात्रा गरिरहेका मनहरी गाउँपालिका– ५ डिल्लीपुर बस्ने ३२ वर्षीय बाबुराम रुम्बा र सोही ठाउँ बस्ने ३५ वर्षीय अमृत लोप्चनको मृत्यु भएको हो । 

दुर्घटनाबाट अचेत अवस्थामा रहेका रुम्बा र लोप्चनलाई हेटौँडा अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका हुन् । 

अटोचालक ४७ वर्षीय ठूलो कान्छा खड्का भने सामान्य घाइते भएका छन् । उनको चुरेहिल हस्पिटलमा उपचार भइरहेको डिएसपी रानाले जानकारी दिए । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।