Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ३ शनिबार
  • Saturday, 19 September, 2020
२०७७ श्रावण ३ शनिबार १५:३१:००
अर्थ डिजिटल संस्करण

गण्डकीको बजेट खर्च ६३.७१ प्रतिशत : चालु भन्दा पुँजिगत खर्च करिव १८ प्रतिशतले बढी    

पुँजिगत तर्फ ७०.४६ र चालु तर्फ ५२.८० प्रतिशत खर्च

२०७७ श्रावण ३ शनिबार १५:३१:००

गत आर्थिक वर्ष २०७६/०७७ मा गण्डकी प्रदेश सरकारले ६३.७१ प्रतिशत बजेट खर्च गरेको छ ।  प्रदेश सरकारले गत आर्थिक वर्षमा ३२ अर्ब १३ करोड ४७ लाख ९२ हजारको बजेट ल्याएकोमा २० अर्ब ४७ करोड २७ लाख ८२ हजार ४ सय ६८ रुपैया ६० पैसा खर्च गरेको प्रदेश लेखा नियन्त्रण कार्यालय पोखराका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिए । 

चालु भन्दा पुँजिगत खर्च करिव १८ प्रतिशतले बढी

प्रदेश सरकारको कुल बजेट मध्ये चालु भन्दा पुजिगत तर्फको खर्च १७ .६६ प्रतिशतले बढी रहेको छ । सामान्यतया चालु खर्च बढी हुने भएपनि गण्डकीमा यस वर्ष ठिक उल्टो पुँजिगत तर्फको खर्च बढी भएको छ । कुल बजेट मध्ये पुँजिगत तर्फ १९ अर्ब ८४ करोड ९० लाख र चालुतर्फ १२ अर्व २८ करोड ५७ लाख विनियोजन भएको थियो ।

खर्च भएको बजेट मध्ये पुजिगत तर्फ विनियोजन गरेको बजेटको ७०.४६ प्रतिशत अर्थात १३ अर्ब ९८ करोड ६४ लाख खर्च भएको छ । चालुतर्फ ६ अर्ब ४८ करोड ६३ लाख अर्थात ५२.८० प्रतिशत खर्च छ । अधिकृत गौतमका अनुसार प्रदेशका धेरै संरचना स्थापना नभएको र दरवन्दीअनुसार कर्मचारीसमेत पुर्ती नभएका कारण चालु खर्च कम भएको जानकारी दिए । 

सरकारको अपेक्षा भन्दा ०.१६ प्रतिशत बढी खर्च 
यस अघि प्रदेश सरकारले ९० प्रतिशतको हाराहारीमा बजेट खर्च गर्ने अनुमान गरेपनि कोरोनाका कारण खर्चमा संकुचन आएको भन्दै खर्च हुने प्रतिशतमा कमी आउने बताएको थियो । कुल बजेट खर्चमा ६३.५५ प्रतिशत अर्थात २० अर्ब ४२ करोड २२ लाख खर्च हुने संसोधित अनुमान गरेको थियो ।

सरकारले गरेको अपेक्षाभन्दा कुल खर्च ०.१६ प्रतिशतले बढी हो । कुल खर्च मध्ये चालुतर्फ ५७.११ प्रतिशत अर्थात ७ अर्ब १८ करोड ७३ लाख र पुजिगत तर्फ ६६.६८ प्रतिशत अर्थात १३ अर्ब २३ करोड ४८ लाख खर्च हुने अनुमान सरकारले गरेको आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले जानकारी दिए । 

सरकारले अपेक्षा गरे भन्दा चालु खर्च करिव ५ प्रतिशतले कम र पुँजिगत खर्च करिव ४ प्रतिशतले बढी हो । खर्च भएको बजेट प्रदेश सभा, सात मन्त्रालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, प्रदेश नीति तथा योजना आयोग लगायत प्रदेश सरकार मातहतका जिल्लामा रहेका कार्यालयको रहेको गौतमले बताए ।

यस्तो छ मन्त्रालयगत रुपमा पुँजिगत खर्चको अवस्था
उद्योग पर्यटन एक नम्वरमा
मन्त्रालयगत रुपमा निकासा भएको पुजिगत तर्फको बजेट खर्च गर्ने एक नम्वरमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय रहेको छ । मन्त्रालयले पुजिगत तर्फको ७३ करोड १८ लाख मध्ये ७८.८७ प्रतिशत अर्थात ५७ करोड ७२ लाख खर्च गरेको छ ।

आन्तरिक मामिलाको सबैभन्दा कम    

पुँजिगत बजेट खर्च गर्नेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सबैभन्दा पुछारमा रहेको छ । पुँजिगत तर्फको २१ करोड ४७ लाख मध्ये ५६.६७ प्रतिशत अर्थात १२ करोड १६ लाख खर्च गरेको छ ।यसै गरि दोस्रो नम्वरमा रहेको भौतिक पुर्वाधार विकास मन्त्रालयका लागि १५ अर्ब ११ करोड ५ लाख विनियोजन भएकोमा ७७.५९ प्रतिशत अर्थात ११ अर्ब ७२ करोड ४२ लाख खर्च भएको छ । 

तेस्रो नम्वरमा रहेको सामाजिक विकास मन्त्रालयले विनियोजन भएको ८३ करोड ५६ लाखको ७६.२३ प्रतिशत अर्थात ६३ करोड ६९ लाख खर्च गरेको छ ।
चौथो नम्वरमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका लागि ८७ करोड १२ लाख विनियोजन भएकोमा ७४.०७ प्रतिशत अर्थात ६४ करोड ५३ लाख खर्च भएको छ । 

पाँचौ नम्वरमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले पुजिगत तर्फ विनियोजन भएको २ करोड २३ लाख मध्ये १ करोड ४२ लाख अर्थात ६३.८४ प्रतिशत बजेट खर्च गरेको छ ।

छैठौ नम्वरमा रहेको रहेको भुमि व्यवस्था कृर्षि तथा सहकारी मन्त्रालयले पुजिगत तफ ५९.२५ प्रतिशत बजेट खर्च गरेको छ । मन्त्रालयका लागि विनियोजन भएको ३१ करोड ९९ लाख मध्ये १८ करोड ९५ लाख ७६ हजार खर्च भएको हो ।