Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २३ शुक्रबार
  • Friday, 07 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार ०९:४६:००
मुख्य समाचार डिजिटल संस्करण

नेकपा स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित 

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार ०९:४६:००

शुक्रबार ११ बजेका लागि बोलाइएको सत्तारुढ दल नेकपाको जारी स्थायी कमिटी बैठक सात दिनका लागि पुनः स्थगित भएको छ।

पार्टीको आन्तरिक विवाद समाधानका लागि गृहकार्य गर्न स्थगित हुँदै आएको जारी बैठक यसपटक बाढीपहिरोले जनधनको ठूलो क्षति भएका कारण स्थगित गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । 

बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले आफ्नो ट्विटरमार्फत जानकारी गराएका छन् । उनले ट्विटरमा लेखेका छन्, ‘देशभर भइरहेको अतिवृष्टि र सिन्धुपाञ्चोकलगायत केही जिल्लामा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई  उद्धार एवं राहतमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक सात दिन स्थगित ।’