Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २० मंगलबार
  • Tuesday, 04 August, 2020
रासस काठमाडौँ
२०७७ असार २० शनिबार १०:२०:००
समाचार डिजिटल संस्करण

एक वर्षमा सवारी दुर्घटनामा परी उपत्यकाभित्र एक सय ४५ को मृत्यु

२२९ व्यक्ति गम्भीर घाइते, छ हजार १९५ सामान्य घाइते

रासस काठमाडौँ
२०७७ असार २० शनिबार १०:२०:००

काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट एक वर्षको अवधिमा एक सय ४५ व्यक्तिको मृत्यु भएको छ ।  आर्थिक वर्ष ०७६/७७ मा सवारी दुर्घटनाबाट एक सय ४५ व्यक्तिको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । मृत्यु हुनेमा एक सय १७ पुरुष र २८ महिला छन् । यस्तै, दुई सय २९ व्यक्ति गम्भीर घाइते छन् भने ६ हजार एक सय ९५ सामान्य घाइते भएका छन् ।     

महाशाखाका अनुसार उपत्यकामा दुर्घटना भएका सवारीसाधनमध्ये दुईपाङ्ग्रे बढी छन् । जसमा ६ हजार ६ सय ३२ दुईपाङ्ग्रे दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ।

यस्तै, ६ हजार दुई सय २० कार–भ्यान–जिप, दुई हजार ३३ बस, एक हजार ६ सय ३२ ट्रक–टिपर, दुई सय ६७ माइक्रोबस, एक सय ४५ टेम्पो र एक सय ३२ शारीरिक शक्तिबाट चल्ने सवारीसाधन दुर्घटना भएका छन् ।     

दुर्घटनामा ४७ पैदलयात्रु, ट्रकबाट पाँच, साइकलबाट पाँच, बसबाट ६, टिपरबाट तीन र कारबाट तीनजनाको मृत्यु भएको छ । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले साँघुरो बाटो र तीव्र गतिका कारण उपत्यकामा धेरै दुर्घटना हुने गरेको बताए । चालकलाई ट्राफिक ज्ञान नहुँदा उपत्यकामा दुर्घटना बढेको उनको भनाइ छ । 

चालकको लापरबाही, यात्रुको गल्ती, प्रतिस्पर्धाले उछिन्ने काम, तीव्र गति, मादक पदार्थ सेवन, यान्त्रिक गडबडी, बढी गह्रुँगो सामान बोक्दा धेरै दुर्घटना हुने गरेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा गत वर्ष सवारी दुर्घटनाका कारण दुई सय ५४ जनाको मृत्यु भएको थियो । हाल काठमाडौं उपत्यकामा सानाठूला गरी १२ लाख र देशभर झन्डै ३५ लाख सवारीसाधन सञ्चालनमा रहेका छन् ।