सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
तिवारी यादव वीरगन्ज
२०७७ असार १५ सोमबार १६:१३:००
समाचार

विदेशी बुहारीलाई सात वर्षमा नागरिकता दिने निर्णयको वीरगन्जमा विरोध 

२०७७ असार १५ सोमबार १६:१३:००

विदेशी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने सरकारले गरेको निर्णयको विरोध भएको छ । वीरगन्जमा सोमबार विभिन्न संघसंगठन आबद्ध रहेको नागरिक अभियान पर्साको अगुवाइमा घन्टाघर चोकमा १२ बजेदेखि १ घन्टा विरोध प्रदर्शन भएको हो । 

प्रदर्शनकारीले सरकारले बहुमतको दम्भमा मनपरी तरिकाले मधेसविरोधी निर्णय गरेको भन्दै फिर्ता लिन माग गरेका छन् । जबसम्म मधेसको सभ्यता र मधेसको संस्कृतिमाथि अत्याचार भइरहन्छ, तबसम्म संघर्ष जारी रहने एक प्रदर्शनकारीले बताए ।  

सरकारले ल्याएको नागरिता विधेयक सबै समुदाय र संविधानको मर्म र भावनाको विरुद्ध भएकोले त्यसलाई खारेज गर्नुपर्ने माग उनीहरूकाे छ । 
 

छुटाउनुभयो की ?