Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर १५ सोमबार
  • Monday, 30 November, 2020
ad
नयाँ पत्रिका काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०७:४५:००
स्वास्थ्य र जीवनशैली

कोरोना भर्सेस भिटामिन-डी

नयाँ पत्रिका, काठमाडाैं
२०७७ जेठ ११ आइतबार ०७:४५:००

‘भिटामिन-डी’ बोसोमा घुल्न सक्ने र ‘भिटामिन ए’जस्तै शरीरमा जम्मा भएर रहिरहन सक्ने पौष्टिक तत्व हो । सूर्यको किरणबाट प्राप्त हुने ‘भिटामिन-डी’ प्रो–हर्मोनको समूह हो । शारीरिक मात्र होइन, मानसिक स्वास्थ्यका लागि पनि यो अत्यावश्यक छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धिमा ‘भिटामिन-डी’को सीधा सम्बन्ध हुनाले कोभिड-१९ को जोखिम कम गर्न चिकित्सकहरूले यो पौष्टिक तत्व पाइने खानेकुरा सेवन गर्न सल्लाह दिँदै आएका छन् ।

.....................

- कोरोना भाइरसले मानिसको श्वास–प्रश्वासमा सीधा आक्रमण गर्छ । भिटामिन-डीको कमी भएका मानिसमा पनि श्वास-प्रश्वासको समस्या हुने अध्ययनहरूले देखाएका छन् । कोभिड-१९ को नियन्त्रणका लागि भइरहेका अभ्यासमा ‘भिटामिन–डी’को प्रभावकारीतामाथि पनि वैज्ञानिकहरूले अध्ययन गरिरहेका छन् ।

अध्ययनअनुसार शरीरमा ‘भिटामिन डी’ को मात्रा राम्रो भएका मानिसमा कोरोना भाइरस संक्रमण अन्यको तुलनामा कम पाइएको छ ।

- यसबीचमा भएका अध्ययनहरूमा शरीरमा ‘भिटामिन–डी’को मात्रा कम भएका मानिसमा कोरोना भाइरसको संक्रमण बढी पाइएको छ । र, त्यस्ता व्यक्तिमा कोभिड–१९ को गम्भीर असर पनि देखिएको छ ।

- अध्ययनका क्रममा ‘भिटामिन–डी’ सप्लिमेन्ट दिइएका बिरामीमा श्वास–प्रश्वासको समस्यामा सुधार आएको थियो ।

- ‘भिटामिन–डी’को स्तर र कोरोना भाइरसको शरीरमा प्रवेशपछि उत्पन्न हुने श्वेत रक्तकोषहरूको अति सक्रियताको अवस्था (साइटोकाइन स्टर्म)बीचको सम्बन्धबारे वैज्ञानिकहरूले अध्ययन गरेका थिए । शरीरमा ‘भिटामिन–डी’को स्तर कमजोर भएका मानिसको मृत्युदर बढी भएको निष्कर्षमा वैज्ञानिकहरू पुगे ।

- चीन, फ्रान्स, जर्मनी, इटाली, इरान, दक्षिण कोरिया, स्पेन, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकाका विभिन्न अस्पतालमा गरिएकोे अध्ययनमा अन्य बिरामीको तुलनामा ‘भिटामिन–डी’को कमी भएकाहरूको मृत्युदर बढी पाइएको छ ।

- शरीरमा अत्यधिक साइटोकाइन उत्पादन हुँदा शरीरका कोष सुन्निने भएकाले संक्रमणले छिटो असर छ । कोभिड-१९ मा मात्र नभई सार्स कोभिड, मार्स कोभिडजस्ता संक्रमणमा पनि साइटोकाइनले असर पुर्‍याएको पाइएको थियो ।

- साइटोकाइनले प्रतिरोधी क्षमतालाई गलत दिशामा लैजाने हुँदा श्वास–प्रश्वासमा जटिलता आउँछ । हालसम्मको अध्ययनबाट शरीरमा ‘भिटामिन–डी’को मात्रा राम्रो रहेका मानिसको शरीरमा कोरोना संक्रमण भइहाले पनि ‘साइटोकाइन स्टर्म’ सक्रिय हुन नपाउने भएकाले भाइरसलाई परास्त गर्न सफलता मिल्ने निष्कर्षमा वैज्ञानिकहरू पुगेका छन् ।

- ‘एजिङ क्लिनिकल एन्ड एक्स्पेरिमेन्ट रिसर्च’को अध्ययनअनुसार ‘भिटामिन-डी’को प्रमुख स्रोत घाम बढी लाग्ने क्षेत्रमा कोभिड–१९ का बिरामीको मृत्युदर कम पाइएको छ । र, सूर्यको किरण बढी पर्ने उत्तरी युरोपेली मुलुकहरूमा दक्षिणीको तुलनामा मृत्युदर कम पाइएको छ ।

छुटाउनुभयो की ?