• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
२०७६ फाल्गुण २ शुक्रबार १२:१७:००
समाचार

बर्दघाट नगरपालिकाले स्तनपान कक्ष सञ्चालनमा ल्यायो

२०७६ फाल्गुण २ शुक्रबार १२:१७:००

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले कार्यालय हाताभित्र ‘स्तनपान कक्ष’ सञ्चालनमा ल्याएको छ । महिला कर्मचारी तथा सेवाग्राहीलाई लक्ष्य री नगरपालिकाले छुट्टै स्तनपान कक्ष सञ्चालन ल्याएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए ।  

‘सेवाग्राही र कर्मचारीका लागि सहज होस् भन्ने ध्येयले स्तनपान कक्ष स्थापना गरिएको हो । अहिले ढुक्कका साथ स्तनपान कक्षमा आराम गर्दै आफ्नो बच्चालाई स्तनपान गराउन सहज भएको छ’, उनले भने ।  

झट्ट सुन्दा र देख्दा  सामान्य जस्तो लागे पनि यसको महत्व र यसले पार्ने प्रभाव ठूलो रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्यले बताए । ‘खुला ठाउँमा स्तनपान गराउन महिलालाई असहज हुँदा बच्चाले समयमा स्तनपान गर्न पाउनुपर्ने अधिकारबाट वञ्चित हुने स्थिति सिर्जना नहोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो’, उनले भने । नगरपालिकाले २०७६ चैतभित्र बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको छ ।  रासस