• ePaper
  • वि.सं २०७५ माघ ७ सोमबार
  • Monday, 21 January, 2019
  • Archive

अाेखलढुंगाकाे सुनकोशी गाँउपालिकालाई अति दुर्गमको सूचि राख्न माग

ओखलढुंगाको सुनकोशी गाउँपालिकालाई अति दुर्गमको सूचि राख्न माग गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको वर्गीकरणमा ‘ख’ वर्ग अर्थात् दुर्गमको सूचिमा परेको सुनकोशी गाउँपालिकालाई ‘क’ वर्गमा राख्न माग गरिएकाे हाे ।   

सुनकोशी भन्दा सुगम ठाँउहरु अति दुर्गमकाे सुचीमा परेको तर सुनकोशी गाँउपालिका दुर्गममा नपरेकाले पुनरावलोकनका लागि माग गरिएको गाउँपालिकाका अध्यक्ष रुद्र अधिकारीले जानकारी दिए । संघीय प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवार मार्फत् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यानाकर्षण गराइएको अध्यक्ष अधिकारीको भनाई छ ।

 

प्रतिकृया दिनुहोस