'प्रहरी हुँ' भन्दै व्यापारी धम्काउने व्यक्ती नियन्त्रणमा 

२०७६ असोज २३ बिहीबार १४:१८:००

मटिहानी नगरपालिका बजार क्षेत्रमा प्रहरी बनेर व्यापारी तर्साउँदै हिड्ने एक व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लोहरपटटी नगरपालिका ९ खुट्टा पिपराढी निवासी २८ वर्षीय जय प्रकाश मण्डललाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको हो । 

मण्डलले विगत लामो समयदेखि विभिन्न व्यक्ति तथा व्यापारीलाई प्रदेशको धुमुवा प्रहरी हुँ भन्दै धम्काएर नगद माग गर्दै आएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधब प्रसाद बूढाथोकीले बताए । 

उनलाई हिरासतमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार