Skip This
सिमलतालमा ७० मिटर सडक भासियो, नारायणगढ–मुग्लिन सडक एकतर्फी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १२ सोमबार
  • Monday, 28 September, 2026
२o८३ असोज १२ सोमबार २o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिमलतालमा ७० मिटर सडक भासियो, नारायणगढ–मुग्लिन सडक एकतर्फी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८३ असोज १२ सोमबार २o:४१:oo

नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल क्षेत्रमा करिब ७० मिटर सडक भासिएपछि सवारी आवागमन एकतर्फी भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार सोमबार साँझ भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलताल क्षेत्रमा करिब ७० मिटर लम्बाइको सडक भाग भासिएको हो।

सडक भासिएपछि उक्त स्थानमा दुवैतर्फ एकैपटक सवारी सञ्चालन हुन नसक्ने अवस्था बनेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। हाल सवारीसाधनलाई एकतर्फी रूपमा सञ्चालन गरिएको छ।

डिभिजनले उक्त सडकखण्ड भएर यात्रा गर्ने चालक तथा यात्रुलाई विशेष सावधानी अपनाउन आग्रहसमेत गरेको छ। साँघुरिएको सडक क्षेत्रमा सवारी चाप र दुर्घटनाको जोखिम हुन सक्ने भएकाले लेन अनुशासन पालना गरेर मात्रै यात्रा गर्न अनुरोध गरिएको हो।

यसअघि पनि लगातारको वर्षाका कारण सिमलताल क्षेत्रमा सडक भासिने तथा नदी कटानको समस्या देखिएको थियो।

↑