नवलपुरको नारायणी नदीमा रहेको क्रुज नदीले बगाएको छ। गैँडाकोट नगरपालिका– २, बोटे टोलस्थित नारायणी नदीकिनारमा राखिएको क्रुज नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
नदीले बगाएको क्रुज नारायणी नदी पुलमा अड्किएको छ। साँझ साढे ५ बजेदेखि क्रुज पुलमा अड्किएको हो। पानीका उच्च बहाबका कारण पुलमा सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाएकामा क्रुज अड्किएपछि थप निगरानी बढाइएको प्रहरीले जनाएको छ।
नदीमा पानीको सतह नघटेसम्म र क्रुज नहटाइएसम्म पुलमाथिबाट सवारीसाधन सञ्चालन गर्न नदिइने प्रहरीले प्रस्ट पारेको छ।