मनाङस्थित हिम्लुङ हिमालको पहिरोमा परेर बेपत्ता भएकामध्ये दुईजनाको शव फेला परेको छ। हिम्लुङ हिमाल बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेका दुईजनाको शव फेला परेको प्रहरीले पुष्टि गरेको छ।
आइतबार बिहान नार्पाभूमि गाउँपालिका– ५ स्थित हिम्लुङ हिमालमा हिउँपहिरो गएको प्रहरीले जनाएको थियो। हिमाल आरोहणमा गएका २२ जनामध्ये करिब एक दर्जन सम्पर्कविहीन रहेकामा दुई शव भेटिएको हो।
घटनापछि उद्धारका लागि काठमाडौंबाट हेलिकोप्टर गएको थियो। उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।