मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १० शनिबार
  • Saturday, 26 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १० शनिबार २१:३८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १० शनिबार २१:३८:oo

गायिका तथा मोडल रिया खत्रीले ‘युके शहर’ बोलको गीत सार्वजनिक गरेकी छिन्। शुक्रबार राजधानीमा एक कार्यक्रमबिच विमोचन गरिएको युके शहर युट्युबमा समेत सार्वजनिक भएको छ।

रिया र गायक क्रिश क्षेत्रीको स्वर तथा अभिनय रहेको छ। तीन वर्षअघिबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले गैरआवासीय नेपाली समुदायलाई लक्षित गरी गीत तथा भिडियो तयार गरेकी हुन्।

‘युके शहर मेरो लागि एउटा गीत मात्र होइन, मेरो सांगीतिक यात्राको एउटा सुन्दर सपना पनि हो,’ रियाले भनिन्, ‘धेरै मेहनत र उत्साहका साथ तयार गरेको यो प्रस्तुतिलाई नेपाल र विदेशमा रहनुभएका नेपाली दर्शक स्रोताले माया गरिदिनुहुनेछ भन्ने विश्वास छ।’ उनले अहिलेसम्म तीनवटा एल्बम सार्वजनिक गरिसकेकी छिन्। उनले नेपालको विभिन्न महोत्सवसँगै मलेसिया, सिंगापुर, थाइल्यान्ड, कम्बोडिया, लाओस, भियतनाम, संयुक्त अरब इमिरेट्स, कतार, बहराइनलगायतका देशमा पुगेर सांगीतिक प्रस्तुति दिएकी छिन्।

↑