मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज ४ आइतबार
  • Sunday, 20 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज ४ आइतबार १९:१८:oo
Read Time : < 1 मिनेट
समाचार

सिआइबीको छानबिनमा एन्फा, कोषाध्यक्षसहित दुई पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज ४ आइतबार १९:१८:oo

अखिल नेपाल फुटबल संघ(एन्फा)का गतिविधि र आर्थिक कारोबारमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले विस्तृत अनुसन्धान थालेको छ। एन्फाका कोषाध्यक्ष र लेखापाललाई पक्राउ गरी सिआइबीले अनुसन्धान थालेको हो। 

शुक्रबार पक्राउ परेका कोषाध्यक्ष रवीन्द्र जोशी तथा लेखापाल सञ्जीव पाण्डेलाई थुनामा राख्न सिआइबीले आइतबार अदालतबाट म्याद लिएको छ। ठगी मुद्दामा चार दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद प्राप्त भएको सिआइबीका एसएसपी अनुपमशमशेर जबराले बताए। 

संस्थाभित्र आर्थिक अनियमितता गरेकोदेखि नीतिगत अनियमितताका विषयमा छानबिन थालिएको सिआइबीका एक अधिकारीले बताए। ‘नेपालमा खेलाउनुपर्ने कतिपय खेल मिलेमतोमा विदेशमा खेलाइएकोसम्मका विषयमा छानबिन भइरहेको छ,’ सिआइबीका एक उच्च अधिकारीले भने, ‘यसमा एन्फाको सिंगो पदाधिकारी छानबिनको दायरामा छ।’ 
विभिन्न विवादपछि एन्फालाई हाल फिफाले निलम्बन गरेको छ। तीन महिनादेखि निलम्बन रहेको एन्फा र सरकारबिच आरोप–प्रत्यारोप चल्दै आएको छ।