मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण ३१ आइतबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका मकवानपुर
२o८३ श्रावण ३१ आइतबार १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी शान्ति तामाङ सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मकवानपुर
नयाँ पत्रिका
२o८३ श्रावण ३१ आइतबार १५:३९:oo

मकवानपुरमा आयोजित ३२औँ तामाङ प्रसारण दिवसका अवसरमा नयाँ पत्रिकाकर्मी शान्ति तामाङ सम्मानित भएकी छिन्।

तामाङ पत्रकार संघ, बागमती (नेवा: ताम्सालिङ) प्रदेश समितिको आयोजनामा सम्पन्न अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले तामाङलाई छेमबहादुर–राजकुमार बानियाँ स्मृति पत्रकारिता पुरस्कार– २०८३ प्रदान गरेका हुन्।

मुख्यमन्त्री बानियाँका पिता स्वर्गीय छेमबहादुर–राजकुमार बानियाँको स्मृतिमा स्थापित उक्त पुरस्कारसँगै तामाङलाई नगद  १५ हजार १११ र सम्मानपत्र प्रदान गरिएको थियो।

त्यसैगरी, समारोहमा नमस्ते मनहरी डटकमका पत्रकार जयराम मोक्तानलाई आइतेसिं–बुद्धिमाया रुम्बा स्मृति तामाङ पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। मोक्तानलाई पुरस्कारसँगै नगद रु. १० हजार १११ र सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा तामाङ समुदाय, भाषा, संस्कृति तथा पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मीहरूको भूमिकाबारे चर्चा गरिएको थियो।