अब कुनै नेताले होइन देशको नीतिले तपाईंको संरक्षण गर्नेछ

बुधबार, ४ चैत, २०८२
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश निर्माणको अभियानमा साथ दिन निजी क्षेत्र र नेपाली डायोस्पोरालाई आह्वान गरेका छन्। बुधबार पार्टीको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले नेपालमा लगानीको बढाउन निजी क्षेत्र, नेपाली डायोस्पोरा र विदेशी लगानीकर्तालाई आह्वान गरेका हुन् । 

अब लगानीको सुरक्षा कुनै नेता र पार्टीले नभई नीतिले गर्ने भएकाले ढुक्कसँग लगानी गर्न उनले आग्रह गरेका हुन्। 

यस्तो छ लामिछानेको आह्वानः
विदेशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईंहरू कहीँ कतै पनि विचलित नहुनुहोला। तपाईंहरूले निर्धक्कसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। यो देशमा लगानी ल्याउनका निम्ति विदेशमा रहेका नेपाली डायोस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस् मिलेर देश बनाऔँ, देश निर्माणको यो महान् अभियानमा तपाईंहरूको साथ हामीलाई चाहिएको छ। सँगै मिलेर हामी थिति बसाल्ने संकल्प गर्न सक्छौँ। अन्तर्राष्ट्रिय समुदायलाई पनि म यती भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ, तपाईं र तपाईंको लगानी यो देशमा सुरक्षित हुन्छ। निर्धक्क हुनुहोला। कुनै किसिमको बाधा अड्चन हुनेछैन। तपाईंलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्नुपर्नेछ, देशको नीतिले संरक्षण गर्नेछ। नीतिगत रूपमा तपाईं–हामी संरक्षित हुनेछौँ। 
 

सुझावित समाचार