पूर्वक्रिकेटर ज्ञानेन्द्र मल्लले व्यक्तिको जितभन्दा देशको जित नै सबैभन्दा ठुलो कुरा भएको बताएका छन् ।
मल्लले क्रिकेटबाट सिकेको पाठलाई राजनीतिक जीवनसँग जोड्दै भने, ‘मैदानभित्रको टिम ११ मा म रहुँ वा नरहुँ, तर मेरो देशले हार्नुहुँदैन। खेल व्यक्तिगत रेकर्डका लागि होइन, टिमको जितका लागि खेलिन्छ।’
उनले यस निर्वाचनमा आफ्नो अमूल्य मतदाताहरूलाई धन्यवाद दिँदै जनताको हित, राष्ट्रको विकास, सुशासन र भ्रष्टाचार अन्त्यका लागि एक ढिक्का भएर काम गर्ने विश्वास व्यक्त गरे। मल्लले रास्वपा परिवार, विशेषगरी कुमार दाइ र बालेन जीप्रति आफ्नो कृतज्ञता पनि व्यक्त गरे।
मल्लले स्पष्ट पार्दै भने, ‘म सदनमा रहुँ वा सडकमा, सधैँ देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि बढिरहनेछु। अन्त्यमा, व्यक्तिको हार–जितभन्दा पनि देशको जित नै सबैभन्दा ठुलो कुरा हो।’
उनको यो सन्देशले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय हितमा काम गर्नुपर्ने महत्त्वलाई जोड दिएको छ।